काठमाडौं । शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका दुवै खेल वर्षाका कारण रद्द भएका छन् ।
बिहीबार जनकपुरस्थित राम जानकी क्रिकेट मैदानमा तय भएको कोशी तथा मधेश प्रदेशको खेल टस समेत हुन नसकि रद्द भयो । खेल हुन नसक्दा दुवै टोलीले अंक बाड्न पुगे ।
उता, विरगञ्जको टिबी साह क्रिकेट मैदानमा सुरु भएको कर्णाली प्रदेश र लुम्बिनीबीचको खेल वर्षाका कारणले बीचमै रोकिएको थियो ।
लुम्बिनीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले ७ ओभरमा २० रन बनाएको अबस्थामा खेल रोकिएको थियो । खेल पुनः सुचारु हुन नसक्दा दुवै टोली समान १ अंक बाडेका थिए ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले रु. १० लाख पाउँदा उपविजेताले रु. ५ लाख प्राप्त गर्नेछन् ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
