काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) नाइसलाई हराउँदै फेरि फ्रेन्च लिग वान को शीर्ष स्थानमा फर्किएको छ ।
शनिबार राती सम्पन्न खेलमा नाइसलाई ४-० ले पराजित गर्दै पिएसजी शीर्षस्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा नाइस १० खेलाडीमा सीमित हुँदा पिएसजीले सहज जित निकाल्यो ।
पिएसजीको सहज जितमा पहिलो हाफको अन्त्यतिर नुनो मेन्डेसले पेनाल्टीमार्फत तथा दोस्रो हाफमा डिजाइरे डुए, ड्रो फर्नान्डेज र वारेन जाइरेले गोल गरे ।
नाइसका युसुफ एनडायिशिमियेले ६१ औं मिनेटमा रातो कार्ड पाएर बाहिरिए पछि टोली १० खेलाडीमा सिमित भएको थियो ।
जितसँगै पिएसजी २६ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा पुगेको छ । पराजित २७ खेलमा २७ नै अंकका साथ १५ औं स्थानमा छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
