फाल्गुन १३, २०८२ बुधबार | १८:२३:४९
हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा हिमालय र संस्कृति सेमिफाइनलमा मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा भगवती र सातदोबाटोले अंक बाँडे भारतीय टिमलाई अर्को झट्का काँक्रेबिहारलाई हराउँदै लालिगुराँस शीर्ष स्थानमा ह्यारीले बनाए यस्तो कीर्तिमान जित्नै पर्ने खेलमा न्युजिल्याण्डसँग खेल्दै श्रीलंका राष्ट्रिय लिगमा आज तीन खेल हुँदै नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा

आम निर्वाचनमा खेल प्रतिनिधिः धनकुटा १ मा क्रिकेटर विभत्सु थापा

काठमाडौं । प्रतिनिधिसभा सदस्यको आम निर्वाचन यही फागुन २१ गते देशैभरी हुँदैछ । २०८४ जेठमा हुनुपर्ने निर्वाचन गएको भदौ अन्त्यमा भएको जेनजी आन्दोलनका कारण दुई वर्षअघि नै हुन लागेको हो ।

नियमित समयभन्दा चाँडोगरि हुन लागेको निर्वाचनको आधार किशोर तथा युवाहरुको एउटा पुश्ताको आन्दोलनले तयार गरेको हो । यसकारण निर्वाचनबाट युवा पुश्ता देशको नेतृत्वतहमा स्थापित हुने अपेक्षा गरिएको छ । सबै राजनीतिक दलहरुले पनि नयाँ अनुहार र युवा उम्मेदवारहरुलाई चुनावी प्रतिस्पर्धामा उभ्याएका छन् ।

देशको मूल नीति बनाउने जिम्मेवारीका लागि उम्मेदवारी दिनेमा खेलकुद क्षेत्रबाट पनि केही नामहरु अगाडि आएका छन् । तिनैमध्ये एउटा नाम हो, क्रिकेटर विभत्सु थापा । उमेरले भर्खर ३० वर्षमा हिँड्दै गरेका थापा धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् ।  

‘युवा नेतृत्व जिम्मेवार परिवर्तन, धनकुटाको संवृद्धिको आधार’ चुनावमा थापाको मूल नारा हो । एउटा जुझारु युवा उद्यमी तथा सामाजिक कार्यकर्ता हुनुको नाताले समाजप्रतिको गहिरो बुझाई भएको मान्ने थापा ‘धनकुटाको माटो र त्यहाँका नागरिकको भविश्य बदल्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएको’ बताउँछन् ।

समाजशास्त्रमा स्नातक थापा मानिसलाई आफै सक्षम बन्न सघाउने सिद्धान्तमा विश्वास राख्छन् । सन् २०१० देखि २०१८ सम्म क्रिकेटरको रुपमा मैदानमा व्यस्त वायाँ हाते ओपनिङ ब्याटरले त्यसक्रममा दुई पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालको जर्सी लगाएर खेलेका थिए ।

प्राविधिक रुपमा सशक्त तथा लामो इनिङ खेल्न माहिर ब्याटरको छवि बनाएका थापा सन् २०१३ मा मलेसियामा सम्पन्न एसिसी यु–१९ एलिट कप तथा २०१४ मा संयुक्त अरब इमिरेट्स (युएई)मा भएको एसिसी यु–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसक्रममा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथीविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेका थापा भारतसँग पराजित भएको खेलमा नेपालका लागि उच्च रन स्कोर गर्ने खेलाडी थिए ।

घरेलु क्रिकेटको हकमा बागमती प्रदेशबाट एक दशकभन्दा लामो समय खेल्ने क्रममा उनले विभिन्न उमेर समूह तथा सिनियर स्तरका थुप्रै उपाधि जिते । सन् २०१३ को वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीलाई कप्तानका रुपमा नेतृत्व गर्दै उनले उपाधि जिताएका थिए । त्यसक्रममा फाइनलमा वीरगञ्जविरुद्ध उनले खेलेको ५२ रनको कप्तानी इनिङ अझैपनि धेरै क्रिकेटप्रेमीको स्मरणमा ताजै छ ।

फ्रेन्चाइज क्रिकेटमा भने २०१७ मा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) मा थापाले ललितपुर प्याट्रियोटसबाट खेलेका थिए ।

खेलकुदबाट सिकेको अनुशासन र धैर्यका साथै हार र जित दुवैलाई सहजै स्वीकार्ने संस्कार राजनीतिमा आवश्यक भएको विगत ६ वर्षयता जुत्ता कारखाना सञ्चालन गरेर स्थानीय स्तरमा रोजगारी सिर्जनामा उल्लेख्य भूमिका खेलिरहेका थापा बताउँछन् ।

भारतमा विद्यालयस्तरीय शिक्षा हासिल गर्दा देखि क्रिकेट खेल्दा, फरक क्षमता भएका र कठिन पस्थितीका बालबालिकाको सशक्तिकरणमा काम गर्दा तथा व्यावसाय गर्ने क्रममा प्राप्त अनुभव र शिक्षाबाट आफूले राजनीतिलाई पद नभई सेवाको जिम्मेवारीका रुपमा ग्रहण गरेको थापाले खेलाडी डटकमसँग बताए ।

नैतिक र इमान्दार राजनीति प्रवर्धनमार्फत एकता र जनहितको सन्देशलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने मान्यता राखेको बताउने थापाले यसपाली धनकुटामै रोजगारीका अवसर सिर्जना गरेर युवाहरुलाई विदेश वा देशकै ठूला सहर जानुपर्ने बाध्यात्मक अवसरबाट मुक्ति दिलाउने उद्देश्य बोकेको बताएका छन् ।

साना तथा लघु घरेलु उद्योग र कृषि प्रशोधन केन्द्रमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिने उनको विश्वास छ । धनकुटाको ‘उर्भर माटो’को प्रयोगका लागि बजारीकरण, भण्डारण र ब्राण्डिङमा जोड दिनुपर्ने बताउँदै उनी जिल्लामा अधुरा सडकहरको स्तरोन्नतिका साथै स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने जिम्मेवारी रहेकोमा सचेत छन् ।

बाध्यताले नभई रोजाईले विदेश जाउँ, तालिम होइन रोजगारीको ग्यारेन्टी, धनकुटामा काम धनकुटामै भविश्य, युवा नेतृत्व सही परिवर्तन, बोलिमा इमान काममा परिणाम जस्ता नारा बोकेर थापा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 
‘म झुठा आश्वासन दिन्न, बरु धनकुटाको दीर्घकालिन संवृद्धिका लागि इमान्दारीसाथ काम गर्नेछु । मेरा निर्णयहरु आजको चुनावका लागि मात्र होइन, आउने पुश्ताको भविश्यका लागि हुने छन्,’ थापाले प्रतिबद्धता व्यक्त गरे ।  


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||