काठमाडौं । सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको श्रीलंकाले आज(बुधबार) न्युजिल्याण्डको सामना गर्दै छ ।
जारी विश्वकपमा आयोजक मध्येको १ श्रीलंका र न्युजिल्याण्डबिच सुपर ८ मा बुधबार खेल हुन लागेको हो । श्रीलंका र न्युजिल्याण्डबीचको खेल बुधबार बेलुका ७ः१५ मा कोलम्बोमा आयोजना हुदैछ ।
न्युजिल्याण्डले सुपर ८ को पहिलो खेलमा पाकिस्तानसँगको खेल वर्षाका कारण रद्द हुँदा अंक बाडेको थियो । श्रीलंका भने पहिलो खेलमा इङ्ल्याण्डसँग पराजित भएको थियो । यस खेलमा जित निकालेमा सेमिफाइनल सम्भावना कायमै रहने श्रीलंका पराजित भएमा भने विश्वकपबाट बाहिरिने छ । उता जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउँने न्युजिल्याण्ड पराजित भए पनि सेमिफाइनल सम्भावना कायमै राख्नेछ ।
दुईबीच विश्वकपमा हालसम्म ६ खेल भएका छन् । जसमा श्रीलंका र न्युजिल्याण्डले समान ३ खेलमा जित हात पारेका छन् । यस समूहबाट इङ्ल्याण्डले सेमिफाइनलमा स्थान बनाई सकेको छ । अर्को १ स्थानका लागि भने श्रीलंका, न्युजिल्याण्ड र पाकिस्तान तीनैको सम्भावना कायमै छ ।
