काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला एसिया कप राइजिङ स्टार्समा भारत ए विरुद्ध नेपालको राष्ट्रिय टोली ७८ रनमा अल आउट भएको छ । थाइल्याण्डमा टस जितेको भारत ए ले बलिङको निणर्य लिएपछि पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमा ७८ रनमा अल आउट भयो ।
नेपालका लागि ओपनर सम्झना खड्काले १६ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक २२ रन जोड्दै आउट भइन् । रुवी पोदार र कविता जोशीले समान १२, बिन्दु रावल ११ र पूजा महतो १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि तनुजा कुवँरले ४, मिनु मानीले ३ तथा कप्तान राधा यादवले २ विकेट लिइन् । नेपाल भारतसँग जित निकाल्दै सेमिफाइनल प्रवेशको झिनो सम्भावना कायम राख्न चाहन्छ । नेपाल यसअघिका दुवै खेलमा पराजित भएको थियो । भारत ए भने नेपाललाई हराउँदै सेमिफाइनल प्रवेश सम्भावना बलियो बनाउँन चाहन्छ । भारत ए ले एक खेलमा जित तथा एकमा हार बेहोरेको छ ।
