माघ २७, २०८२ मंगलबार | १९:२८:१७
नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित

नामिबियालाई नेदरल्याण्ड्सले हरायो

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी २० विश्वकपमा नेदरल्याण्ड्सले नामिबियालाई पराजित गरेको छ । मंगलबारको पहिलो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । 

भारतको अरुण जेट्ली क्रिकेट स्टेडियममा नेदरल्याण्ड्सको जितमा बास डि लिडेको महत्वपुर्ण अलराउण्ड भुमिका रह्यो । खेलको प्लेयर अफ द म्याच समेत भएका लिडेले नट आउट ७२ रन बनाउँनुको साथै महत्वपुर्ण २ विकेट लिए । 

नामिबियाले दिएको १ सय ५७ रनको मध्यम लक्ष्य नेदरल्याण्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा लिडेले ४८ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७२ रनको नट आउट ईनिङ खेले । ओपनर माइकल लेभिट १५ बलमा २८ तथा कोलिन एकरम्यान ३२ रनमा आउट हुँदा कप्तान स्कट एडवार्डस भने १८ रनमा नट आउट रहे । 

नामिबियाका लागि बेर्नाड सोल्ज, रुबेन ट्रम्पलम्यान र जान निकोल लफ्टि इटनले समान १ विकेट लिए । टस हारेर ब्याटिङको लागि मैदान उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो । 

नामिबियाका लागि जान निकोल लफ्टि इटनले ३८ बलमा १ चौका र २ छक्काको सहयेगमा सर्वाधिक ४२ रन बनाए । जान फ्रायलिंक २६ बलमा ३०, जेजे स्मिथ १५ बलमा २२ र कप्तान जेरार्ड इरास्मस ९ बलमा १८ रन जोड्दै आउट भए । नेदरल्याण्ड्सका लागि लगेन भान विक र लिडेले समान २ तथा आर्यान दत्त र फ्रेड क्लेसनले समान १ विकेट लिए । 

नेदरल्याण्ड्सले जितसँगै समूह 'ए' मा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । नेदरल्याण्ड्स २ खेलमा २ अंकका साथ समूहको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक रहे पनि पाकिस्तान रनरेटमा पछि रहेर तेस्रो स्थानमा छ । नामिबिया भने विश्वकपको आफ्नो पहिलो खेलमा पराजित भएको हो । नामिबिया १ खेलमा अंकबिहिन रहँदै चौथो स्थानमा छ । 

मंगलबारको दोस्रो खेलमा समूह ‘डी’ मा रहेका युएईले न्युजिल्याण्डको सामना गर्दैछ । न्युजिल्याण्ड र युएईबीचको खेल भारतको चेन्नईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा चलिरहेको छ । युएई यस विश्वकपमा पहिलो खेल खेल्दैछ । पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको न्युजिल्याण्डको भने यो दोस्रो खेल हो ।

विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका यि दुई टोलीबीच ३ ट्वान्टी २० आई खेल भने भएको छ । जसमा २ खेल न्युजिल्याण्डले जित्दा १ खेलमा युएईले जित हासिल गरेको छ ।

मंगलबारको तेस्रो तथा अन्तिम खेलमा बेलुका ७ः१५ मा पाकिस्तान र अमेरिका एक आपसमा भिड्दैछन् । श्रीलंकामा आयोजना हुने समूह ‘ए’ का दुवै टोलीको यो दोस्रो खेल हो । अमेरिका पहिलो खेलमा भारतलाई राम्रो चुनौती दिदै पराजित भएको थियो । भने, पाकिस्तानले नेदरल्याण्ड्सका विरुद्ध सर्घषपुर्ण जित हासिल गरेको थियो ।

पाकिस्तान र अमेरिका गतसंस्करणको ट्वान्टी २० विश्वकपमा खेलेका थिए । उक्त खेलमा पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित भएको थियो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं