माघ २६, २०८२ सोमबार | २२:१०:०९
आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

ओमानमाथि जिम्बाब्वेको सहज जित

काठमाडौं । भारतमा जारी ट्वान्टी-२० विश्वकपमा जिम्बाब्वेले ओमानमाथि सहज जित निकालेको छ । सोमबारको दोस्रो खेलमा समूह ‘बी' मा रहेको जिम्बाब्वेले ८ विकेटको जितका साथ विश्वकप यात्रा सुरुवात गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको जिम्बाब्वेले ओमानलाई १९ दशमलब ५ ओभरमा १ सय ३ रनमा समेटेको थियो । ओमानलाई अल आउट गर्न जिम्बाब्वेका रिचार्ड नगर्भा, ब्लेसिङ मुजरवानी र ब्राड इभन्सले समान ३ तथा कप्तान सिकन्दर राजाले १ विकेट लिएका थिए ।

ओमानका लागि भने विनायक शुक्लाले २१ बलमा सर्वाधिक २८ रन जोडे । सफियान मोहम्मद २५ तथा नदिम खान २० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जवाफी ब्याटिङमा आएको जिम्बाब्वेले १ सय ४ रनको सामान्य लक्ष्य १३ दशमलब ३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जिम्बाब्वेका लागि ओपनर बार्यन बेननेट ३६ बलमा ७ चौकाको सहयोगमा ४८ रनमा नट आउट रहे । ब्राण्डन टेलर ३० बलमा ३१ रन जोड्दै रिटार्यट हर्ट भए । कप्तान सिकन्दर राजा ५ रनमा नट आउट रहे ।

ओमानका लागि सफियान मोहम्मदले २ विकेट लिए । पहिलो खेलमा जित सहित समूह ुबीु मा श्रीलंकासँग समान २ अंक रहे पनि राम्रो रनरेटका कारण जिम्बाब्वे शिर्ष स्थानमा रहेको छ । पराजित ओमान भने अंक बिहिन रुपमा समूहको चौथो स्थानमा छ । यस समूहमा रहेको अस्ट्रेलियाले समूह चरणको कुनै पनि खेल खेलेको छैन ।

सोमबार अन्तिम खेलमा समूह 'डी'मा रहेका क्यानडा र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा जारी छ ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं