माघ २७, २०८२ मंगलबार | १०:३४:५९
बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग !

विश्वकपमा आज ३ खेल हुँदै

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी २० विश्वकपमा आज (मंगलबार) ३ खेल हुदैछन् । विश्वकप सुरु भएको चौथो दिन ३ खेल हुन लागेको हो । मंगलबारको २ खेल भारत र एक खेल श्रीलंकामा हुदैछन् ।

मंगलबारको पहिलो खेलमा बिहान ११ः१५ मा समूह ‘ए’ का नामिबिया र नेदरल्याण्ड्स खेल्दैछन् । नामिबिया र नेदरल्याण्ड्सबीचको खेल भारतको दिल्लीमा रहेको अरुण जेट्ली क्रिकेट स्टेडियममा हुदैछ ।

नामिबियाले यस विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछ । पहिलो खेलमा पाकिस्तानलाई बलियो चुनौती दिदै पराजित नेदरल्याण्ड्सको दोस्रो खेल खेल्दैछ । हाल ५ ट्वान्टी २० भेटमा नेदरल्याण्ड्स ३ पटक तथा नामिबियाले १ पटक जित हासिल गर्दा १ खेल भने वर्षाका कारण स्थगित भएको थियो ।

मंगलबारको दोस्रो खेलमा दिउँसो ३ः१५ मा समूह ‘डी’ मा रहेका युएईले न्युजिल्याण्डको सामना गर्दैछ । न्युजिल्याण्ड र युएईबीचको खेल भारतको चेन्नईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा हुनेछ । युएई यस विश्वकपमा पहिलो खेल खेल्दैछ । पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको न्युजिल्याण्डको भने यो दोस्रो खेल हो ।

विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका यि दुई टोलीबीच ३ ट्वान्टी २० आई खेल भने भएको छ । जसमा २ खेल न्युजिल्याण्डले जित्दा १ खेलमा युएईले जित हासिल गरेको छ ।

मंगलबारको तेस्रो तथा अन्तिम खेलमा बेलुका ७ः१५ मा पाकिस्तान र अमेरिका एक आपसमा भिड्दैछन् । श्रीलंकामा आयोजना हुने समूह ‘ए’ का दुवै टोलीको यो दोस्रो खेल हो । अमेरिका पहिलो खेलमा भारतलाई राम्रो चुनौती दिदै पराजित भएको थियो । भने, पाकिस्तानले नेदरल्याण्ड्सका विरुद्ध सर्घषपुर्ण जित हासिल गरेको थियो ।

पाकिस्तान र अमेरिका गतसंस्करणको ट्वान्टी २० विश्वकपमा खेलेका थिए । उक्त खेलमा पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित भएको थियो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं