माघ २७, २०८२ मंगलबार | १४:११:४५
इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित

इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल

काठमाडौं । भारत र श्रीलंकामा चलिरहेका ट्वान्टी २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आगामी बिहीबार इटलीको सामना गर्दैछ । नेपालले ट्वान्टी २० आईमा पहिलो पटक इटलीको सामना गर्न लागेको हो । ट्वान्टी २० को प्रारुपमा नेपालले इटलीको पहिलो पटक सामना गर्न लागेको हो । तर, ५० ओभरको प्रारुपमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन् ।

इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ । क्यानडामा सन् २००१ मा आयोजना भएको आइसिसी ट्रफीमा नेपाल र इटली एकै समूहमा रहे पनि अन्तिम समयमा इटलीले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै इटली र नेपालको भेट असम्भव भयो ।

नेपाल र इटलीबीचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई पराजित गरेको थियो । यस खेलमा नेपालका लागि शक्ति गौचनले शतक प्रहार गरेका थिए । शक्ति उक्त खेलमा १ सय ३ बलमा अविजित १ सय ६ रन प्रहार गरेका थिए । शक्तिको उक्त शतक युरोपेली राष्ट्रविरुद्ध नेपालको पहिलो शतक थियो ।

सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन ४ मा नेपालले इटलीको सामना गरको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गर्याे । यो खेलमा अमृत भट्टराईले महत्वपुर्ण ३ विकेट लिएका थिए ।

तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन ३ मा भेट भएको थियो । उक्त खेलमा नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो । उक्त खेलमा इटलीले दिएको १ सय २८ रनको लक्ष्य नेपालले १४.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

सन् २०१२ र २०१३ मा आयोजना भएको ट्वान्टी २० विश्वकप ग्लोबल छनोटमा इटली र नेपाल सहभागी भएका थिए । सहभागी भए पनि फरक समूहमा रहेका कारण इटली र नेपालको खेल भने भएको थिएन ।

इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलो पटक ट्वान्टी २० विश्वकपमा स्थान बनाएको हो । विश्वकपको डेब्यु खेलमा स्कटल्याण्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले भने पहिलो खेलमा इग्ल्याण्डसँग ४ रनको हार ब्यहोरेको थियो ।

नेपाल अहिले आइसिसीको ट्वान्टी २० वरियतामा १६औं स्थानमा रहँदा इटली २७औं स्थानमा रहेको छ । बिहीबार नेपालले इटलीलाई ट्वान्टी २० आईको ३१औं प्रतिद्वन्दी मुलुकको रुपमा रहनेछ ।
 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं