माघ १३, २०८२ मंगलबार | १७:३५:०५
मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो

के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

काठमाडौं । पाकिस्तानले अर्को साता सुरु हुने ट्वान्टी २० विश्वकपलाई लिएर सम्भवतः सोमबार भित्र एउटा ठूलो निर्णय गर्दैछ र त्यस अनुसार हुन सक्छ, उसले भारत तथा श्रीलंकामा हुने यो प्रतियोगिता नै बहिस्कार गर्नेछ ।

बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकप खेलाउने निर्णयको विरोधमा पाकिस्तानले यो कदम चाल्न लागेको हो । पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख मोहसिन नक्भीले प्रधानमन्त्री सेहबाज सरिफसँग यसबारे कुराकानी गर्न भेट गर्दैछन् ।

ठोस निर्णय सोमबार आउने सक्नेछ । नक्भीले पाकिस्तानी मिडियालाई के भनेका छन् भने प्रधानमन्त्री सरिफले क्रिकेट विवादको मुद्दा सबै प्रकारको सम्भावना कायम राखेर टुंग्याउन भनेका छन् । यस्तोमा अब अन्तिम निर्णय पाकिस्तानी सरकारकै हुनेछ । पाकिस्तानी मिडियाले के पनि भनिरहेको छ भने सम्भवतः पाकिस्तानले पूरा विश्वकप नै बहिस्कारको निर्णय गर्ने छैन्, बरु भारतविरुद्धको एउटा खेल भने नखेल्ने घोषणा गर्न सक्छ ।

अबको विश्वकपको तयारीका क्रममा अस्ट्रेलियाली टिम बुधबार पाकिस्तान आउँदैछ र त्यहाँ तीन ट्वान्टी २० को सिरिज खेल्नेछ । यसै कारण पनि कम्तीमा पाकिस्तानले अबको विश्वकपका सबै खेल बहिस्कार गर्ने छैन् ।

यो पाकिस्तानी क्रिकेटका लागि फाइदाको विषय पनि हुने छैन् । तर भारतविरुद्धको एउटा खेल भने उसले बहिस्कार गर्ने लगभग निश्चित मानिएको छ । यसअघि बंगलादेशले सुरक्षाको कारण देखाएर भारतमा खेल्न अस्विकार गरेको थियो र आफ्ना खेल श्रीलंकामा सार्न अनुरोध गरेको थियो ।

तर आईसीसीले यस अनुरोधलाई मानेन् । बंगलादेश नआउने भएपछि उसको स्थानमा स्कटल्यान्डलाई खेलाउने निर्णय समेत आईसीसीले गरिसकेको छ । पाकिस्तानको यस विषयमा विश्लेषण हो, बंगलादेशमाथि अन्याय भएको छ । यो ठीक होइन् ।

त्यसैले पाकिस्तान विश्वकप बहिस्कार गर्ने अथवा कम्तीमा भारतविरुद्धको एक खेल नखेल्ने मनसायमा पुगेको हो । पछिल्लो समय बंगलादेश र भारतबीचको सम्बन्ध राम्रो रहेको छैन् । यसको ठीक उल्टो बंगलादेश र पाकिस्तान भने एक आफसमा नजिकिएका छन् ।

यी सबै घटनाक्रमले विश्व क्रिकेट दक्षिण एसियाको भू(राजनीतिले नराम्रोसँग प्रभावित रहने निश्चित छ । यो बहिस्कार र एउटा खास देशमा गएर नखेल्ने निर्णयले अबको दिनमा विश्व क्रिकेटलाई अझ समस्यामा पार्नेछ ।

बंगलादेशको स्थानमा स्कटल्यान्डले खेल्ने भएपनि नेपाल पनि सम्मिलित समूहको खेल समीकरण नै फेरिएको छ । यो समूहमा रहेका अन्य देश हुन्, इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटाली ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate