काठमाडौं । विश्व फुटबलको महारथी राष्ट्र ब्राजिलले फिफा क्लब विश्वकप आयोजना गर्न आफू तयार भएको बताएको छ । ब्राजिलले सन् २०२९ मा आयोजना हुने क्लब विश्वकप आयोजना गर्न आफू आधिकारिक रुपमै तयार भएको प्रष्ट पारेको छ ।
फिफा अध्यक्ष जियानी इन्फाटिनो ब्राजिलको रिओ डि जेनेरिओ भ्रमणमा रहँदा ब्राजिलले आफूलाई क्लब विश्वकप आयोजना गर्न दिनुपर्ने माग गरेको छन् ।
सन् २०२७ को महिला विश्वकप ब्राजिलमा हुँदैछ । आठ शहरमा हुने विश्वकपअघि इन्फाटिनो ब्राजिलको मैदान निरिक्षण गर्न पुगेका थिए ।
ब्राजिलियन फुटबल कन्फेडेरेसन (सिबिएफ)ले ब्राजिल क्लब फुटबलको ठूलो मार्केट रहेको जनाउँदै क्लब विश्वकप आयोजना गर्न स्विकृत मागेको हो । सिबिएफको अध्यक्ष समिर हौदले इन्फान्टिनोसँग सन् २०२९ को क्लब विश्वकप गर्न छलफल भएको र उनी सकारात्मक रहेको बताएका छन् ।
सन् २०२५ मा अमेरिकाले क्लब विश्वकप आयोजना गरेपछि सन् २०२९ को लागि कुनै शहर घोषणा गरिएको छैन । अमेरिकामा ३२ क्लबले विश्वकप खेलेका थिए ।
