काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा पहिलो जित हासिल गरेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा पुलिसले श्री भगवती क्लबमाथि १–० को संघर्षपूर्ण जित हासिल गर्यो । ३७औं मिनेटमा श्री भगवतीका सेन्टरब्याक पेटर सेगुनको आत्मघाती गोल पुलिसको जितमा निर्णायक बन्यो ।
पुलिसले चौथो खेलमा आएर जितको खाता खोलेको हो । यसअघि पुलिसले एकमा बराबरी र दुईमा हार बेहोरेको थियो । भगवतीको यो दोस्रो हार हो ।
दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले काँक्रे बिहार क्लबमाथि ५–१ को सानदार जित हासिल गर्यो । मनाङले पनि चौथो खेलमा आएर जितको खाता खोल्यो । काँक्रे बिहार भने अंकविहीन छ ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
