काठमाडौं । दुई पटकको विश्व च्याम्पियन वेष्ट इन्डिजविरुद्धको ट्वान्टी २० शृंखला घरेलु टोली अफगानिस्तानले जितेको छ । मुजिव उर रहमान चम्किएपछि अफगानिस्तानले भ्रमणकारी टोली वेष्ट इन्डिजलाई ३९ रनले पराजित गर्याे ।
दुई देशबीच शृंखलामा अफगानिस्तान २–० ले अगाडी छ । अन्तिम खेल आज दुबईमा नेपाली समयअनुसार राति सवाँ ८ बजे सुरु हुनेछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपअघि दुई टोलीले यो शृंखला खेलेका हुन् ।
सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले एक सय ९० रनको लक्ष्य दिएको थियो । जवाफमा वेष्ट इन्डिजले १८.५ ओभरमा अल आउट हुँदा मात्र १५० रन बनायो ।
वेष्ट इन्डिजका कप्तान तथा ओपनर ब्रान्डन किङले ४१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५० रन बनाए । शिमरन हेटमायरले ४६ रनको योगदान गरेका थिए । मुजिव रहमानले सर्वाधिक ४ विकेट लिएपछि वेष्ट इन्डिजको ब्याटिङक्रम चल्नै सकेन । उनले मात्र २१ रन खर्चिएका थिए ।
यसअघि अफगानिस्तानको लागि डार्विस रसोलीले ३९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए । सेदिकुल्लाह अटलले ४२ बलमा ५३ रनको योगदान गरेका थिए । दुई खेलाडीबीच तेस्रो विकेटको ालगि ७१ बलमा एक सय १५ रनको साझेदारी भएको थियो ।
