काठमाडौं । अफगानिस्तानले विश्वकपअघि खेलिएको खेलमा वेष्ट इन्डिजलाई ३८ रनले पराजित गरेको छ । भारत र श्रीलंकामा हुने विश्वकपअघि दुई टिमले दुबईमा तीन ट्वान्टी २० शृंखला खेल्दैछन् । अब, दोस्रो खेल आज नै हुनेछ ।
सोमबार राति टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ८१ रनको लक्ष्य प्रस्तुत गर्याे । जवाफमा वेष्ट इन्डिजले ९ विकेट गुमाउँदा मात्र एक सय ४३ रन बनाउन सक्यो ।
अफगानिस्तानको लागि ओपनर इब्राहिम जाद्रनले सर्वाधिक ८७ रन बनाए । डार्विस रसुलीलले ८४ रन बनाएका हुन् । दुई खेलाडीबीच तेस्रो विकेटको लागि एक सय ६२ रनको साझेदारी भएको थियो ।
वेष्ट इन्डिजको लागि क्विन्टिन सामसनले ३० रन बनाउँदा गुडाकेश मोटीले २८ तथा म्याथ्यु फोर्डेले २५ रनको योगदान गरेका थिए ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
