काठमाडौं । अफगानिस्तानले विश्वकपअघि खेलिएको खेलमा वेष्ट इन्डिजलाई ३८ रनले पराजित गरेको छ । भारत र श्रीलंकामा हुने विश्वकपअघि दुई टिमले दुबईमा तीन ट्वान्टी २० शृंखला खेल्दैछन् । अब, दोस्रो खेल आज नै हुनेछ ।
सोमबार राति टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ८१ रनको लक्ष्य प्रस्तुत गर्याे । जवाफमा वेष्ट इन्डिजले ९ विकेट गुमाउँदा मात्र एक सय ४३ रन बनाउन सक्यो ।
अफगानिस्तानको लागि ओपनर इब्राहिम जाद्रनले सर्वाधिक ८७ रन बनाए । डार्विस रसुलीलले ८४ रन बनाएका हुन् । दुई खेलाडीबीच तेस्रो विकेटको लागि एक सय ६२ रनको साझेदारी भएको थियो ।
वेष्ट इन्डिजको लागि क्विन्टिन सामसनले ३० रन बनाउँदा गुडाकेश मोटीले २८ तथा म्याथ्यु फोर्डेले २५ रनको योगदान गरेका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
