काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डसामू १२३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल खडा गर्यो ।
नेपालका लागि ओपनर विन्दु रावलले ५६ बलमा ६ चौकासहित ४४ रनको पारी खेले । उनका ओपनिङ जोडी सम्झना खड्काले पनि ६ चौकासहित २६ रनको योगदान गरिन् । सम्झनाले ११ बलको सामना गरिन् ।
त्यस्तै सातौं नम्बरमा आएकी रुवीनाले १७ रन जोड्दा उप–कप्तान पुजा महतोले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिए । त्यस्तै ओन्निता कामचोम्पुले दुई तथा चनिदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोङ्ग्रातानाले समान एक विकेट लिए ।
