फाल्गुन १०, २०८२ आइतबार | ००:४३:५१
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

एनपिएलः सुविधाजनक पूर्वाधारको सपना पूरा भएको दिन काठमाडौंको शानदार जित

तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । नेपाली क्रिकेट समर्थकको फ्लड लाइटमा खेल हेर्ने सपना पूरा भएको दिन अमेरिकी खेलाडी मिलिन्द कुमारको अलराउन्ड प्रदर्शनप्रेरित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईमा विजयी सुरुआत गरेको छ ।

घरेलु क्रिकेटमा पहिलो पटक ‘फ्लडलाइट’ प्रयोग भएको दिन घरेलु टोली काठमाडौं गोर्खाजले र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा साविक विजेता जनकपुर बोल्टसलाई पाँच विकेटले हरायो ।

सोमबारको दिन नेपाली क्रिकेटका लागि पूर्वाधारको हिसावमा ऐतिहासिक थियो । नेपाली क्रिकेटमा पहिलो पटक फ्लडलाइट मात्र प्रयोग भएको होइन, त्रिवी क्रिकेट रंगशालालाई नवनिर्मित सुविधासम्पन्न प्यारापिटले पनि घेरेको थियो । नेपाली क्रिकेट समर्थकले वर्षौ देखि बुनेको सपना थियो यो ।

प्यारापिटको नौलो अनुभव लिन दिउँसो १ बजे देखि नै मैदानमा समर्थकहरु आउने क्रम सुरु भइसकेको थियो । करिब १० हजार हाराहारीका समर्थकबीच पहिलो इनिङ्सको ब्याटिङ पावरप्ले सकिन नपाउँदै रंगशालामा फ्लडलाइटको ‘स्विच अन’ गरिएको थियो ।

तस्विरः सरोज सापकोटा/खेलाडी

यही भएर होला काठमाडौंका कप्तान करण केसीले उद्घाटन खेलको जितलाई ऐतिहासिक माने । ‘टियु मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउनु, यति धेरै नेपाली समर्थकको बीचमा जित्नु भनेको हिस्टोरिक मोमेन्ट हो,’ खेलपछिको पत्रकार सम्मेलनमा करण उत्साहित थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरको समाप्तिमा मात्र १३० जोड्न सक्छ भन्ने कुरा ‘क्रेजी’ समर्थकका लागि कल्पना बाहिरको कुरा थियो । पहिलो विकेटका लागि ओपनर लाहिरु मिलन्था र आशिफ सेखले ३४ रनको साझेदारी गरिरहँदा समर्थकहरुले बलियो योगफलको कल्पना गरेका थिए ।

तर, ‘प्लेयर अफ दी म्याच’ मिलिन्दले पाँचौं ओभरमा दुई खेलाडीलाई पेभिलियनको बाटो देखाएपछि जनकपुरको पारी लडबडियो । सुरुमा उनले लाहिरु मिलन्थालाई आउट गरे । त्यसपछि ‘बर्थडे ब्वाइ’ अनिल शाह ‘डक आउट’ भए ।  

त्यसपछि आएका यान निकोल लफ्टी इटन र सञ्जय कृष्णमुर्ती समान दुई रनमा पवेलियन फर्किँदा जनकपुरको इनिङ निक्कै धर्मराएको थियो ।

जसो तसो ओपनर आसिफ शेखले सम्हालिएको प्रदर्शनसाथ अर्धशतक प्रहार गरे । १४औं ओभरको तेस्रो बलमा शाहब आलमले आसिफलाई विकेटकिपर जोन सिम्पसनबाट ‘स्टम्प आउट’ गर्दा जनकपुर ७८/५ को स्थितिमा थियो ।

तस्विरः सरोज सापकोटा/खेलाडी

आसिफले ४१ बलमा ६ चौका र एक छक्कासहित ५४ रन बनाए । आसिफ पवेलियन फर्किएपछि मध्यक्रमका ब्याटरद्धय मयन यादव र लाहिरु समराकूनले ४८ रनको साझेदारी गरे । मयनले २९ बलमा दुई चौका र एक छक्कासहित ३४ रन बनाए । समराकूनले २२ रन जोडे ।

जनकपुरलाई कम रनमा रोक्न मिलिन्द कुमारले तीन विकेट लिए । यसबाहेक शाहबसँगै सन्तोष यादव र कप्तान करण केसीको नाममा समान एक विकेट रह्यो ।

‘पिच राम्रै थियो । स्पिनरलाई राम्रो भइरहेको थियो । हामीले विकेट जोगाउन सकेनौं,’ कप्तान अनिलले भने, ‘१६० रनको योगफल खडा गर्ने लक्ष्य थियो । सामान्य लक्ष्य प्रस्तुत गरेपनि कसिलो बलिङ गरेर खेललाई अन्तिम ओभरसम्म लैजाने सोच थियो । जुन पूरा भएन ।’

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंलाई ओपनिङ जोडी आकाश त्रिपाठी र बेन चाल्सवर्थले दमदार सुरुआत दिलाए । जसका कारण काठमाडौंको प्रभावशाली जित सम्भव भएको हो ।

आकाश र इङलिस ब्याटर चाल्सवर्थले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । आकाशले ४५ बलमा ५ चौकासहित ३९ रन बनाए भने चाल्सवर्थले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए ।

चाल्सवर्थ पेभिलियन फर्किएपछि तेस्रो नम्बरमा आएका भिम शार्की ३ रनमा आउट भए । त्यसपछि आकाश र मिलिन्दले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरे ।

तस्विरः सरोज सापकोटा/खेलाडी

१६औं ओभरको चौथो बलमा आकाशलाई कृष्णमुर्तीले आउट गरेपछि जनकपुर खेमामा झिनो आशा पलाएको थियो । जतिबेला काठमाडौंलाई २६ बलमा २८ बलको आवश्यकता थियो । तर, त्यहि ओभरको अन्तिम बलमा सिम्पसनले छक्का प्रहार गरे । लगत्तैको ओभरको पहिलो बलमा मिलिन्दको ब्याटबाट पनि ६ रन आयो । त्यसपछि काठमाडौंले आफ्नो जित लगभग सुनिश्चित गर्यो ।

जनकपुरका लागि किशोर महतो, कप्तान अनिल, ललित राजवंशी, यान निकोल लफ्टी इटन र कृष्णमुर्तीले एक÷एक विकेट लिए ।

जितपछि करणले विदेशी र नेपाली खेलाडीको तालमेलले जित सम्भव भएको प्रतिक्रिया दिए । उनले पहिलो खेलको विजयी लयलाई आगामी खेलमा पनि निरन्तरता दिन पूरा मेहनत गर्ने बताए ।

प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमने–सामने हुनेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ४ बजे हुनेछ ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||