कार्तिक ९, २०८२ आइतबार | १७:५३:३६
एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य पहिलो एकदिवसीयमा न्युजिल्यान्ड विजयी सिजनको पहिलो एल क्लासिको हुँदै अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजीको सहज जित इन्टर मिलानलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल बायर्नको विजयी यात्रा जारी एन्फा अध्यक्ष नेम्वाङले मागे वरिष्ठ उपाध्यक्ष खड्कासँग स्पष्टीकरण बब्लु गुप्ता बने युवा तथा खेलकुद मन्त्री अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य पहिलो एकदिवसीयमा न्युजिल्यान्ड विजयी सिजनको पहिलो एल क्लासिको हुँदै अमेरिकाविरुद्ध फिल्डिङ गर्दै नेपाल पिएसजीको सहज जित इन्टर मिलानलाई हराउँदै शीर्ष स्थानमा उक्लियो नापोली युनाइटेडको जितमा बार्यन एमबेउमोको दुई गोल बायर्नको विजयी यात्रा जारी

पहिलो एकदिवसीयमा न्युजिल्यान्ड विजयी

काठमाडौं । इङ्ल्यान्डविरुद्धको एकदविसीय अन्तर्राष्ट्रिया शृंखलामा घरेलु टोली न्युजिल्यान्ड चार विकेटले विजयी भएको छ ।

जितसँगै न्युजिल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल बुधबार हुनेछ । 

इङ्ल्यान्डले प्रस्तुत गरेको २२४ रनको लक्ष्य न्युजिल्यान्डले ३६.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ९१ बलमा सात चौका र दुई छक्कासहित अविजित ७८ रनको योगदान गरे । यसैगरी माइकल ब्रेसवेलले ५१ बलमा ६ चौकासहित ५०, कप्तान मिचेल स्यान्टनरले २७, टम लाथमले २४ र रचिन रविन्द्रले १७ रन बनाए । 
पाँचौं विकेटका लागि मिचेल र ब्रेसवेलबीच ९२ रनको साझेदारी भएको थियो । 

इङ्ल्यान्डका लागि ब्रायडन कार्सेले तीन तथा ल्युक उड र आदिल राशिदले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले  ३५.२ ओभरमा सबै विकेट गुमाउँदै २२३ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले १०१ बलमा ११ छक्का र ९ चौकासहित सर्वाधिक १३५ रनको योगदान गरे । यसैगरी जिमी ओभरटनले ४६ रन बनाउँदा अन्य ब्याटरले दोहोेरो अंकमा रन जोड्न सकेनन् ।

ब्रुकले सातौं विकेटका लागि ओभरटनसँग ८७ तथा १०औं विकेटका लागि ल्युक उडसँग ५७ रनको साझेदारी गरेका थिए । उड पाँच रनामा पभेलियन फर्किए ।

न्युजिल्यान्डका लागि जाकारी ग्लेन फायल्क्सले चार, ज्याकोब डफीले तीन, म्याट हेनरीले दुई तथा मिचेल स्यान्टनरले एक विकेट लिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain