कार्तिक ८, २०८२ शनिबार | २०:४२:३९
राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन राफिन्हाले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने काठमाडौं म्याराथन आगामी शनिबार हुने अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन

अस्ट्रेलियासँग ‘क्लिन स्विप’ बाट जोगियो भारत

काठमाडौं । रोहित शर्माको शतकप्रेरित भारत घरेलु टोली अस्ट्रेलियाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलमा ‘क्लिन स्विप’ बाट जोगिएको छ ।

सिड्नी क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतले ९ विकेटको सानदार जित दर्ता गर्यो ।

यससँगै शृंखला २-१ को स्थितीमा सकिएको छ । यसअघि अस्ट्रेलिया सात र दुई विकेटले विजयी भएको छ ।

अस्ट्रेलयाले प्रस्तुत गरेको २३७ रनको लक्ष्य भारतले ३८.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि रोहितले १२५ बलमा १३ चौका र तीन छक्काको मद्दतले अविजित १२१ रनको योगदान गरे । यसैगरी विराट कोेहली ८१ बलमा सात चौकासहित ७४ रनमा अविजित रहँदा कप्तान शुभमन गिलले  २४ रन जोडे ।

रोहितले दोस्रो विकेटका लागि विराटसँग अविजित १६८ तथा पहिलो विकेटका लागि शुभमनसँग ६९ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाका लागि एकमात्र विकेट जोश हेजलउडले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २३६ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि म्याथ्यु रेनशाले ५८ बलमा दुई चौकासहित सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी  कप्तान मिचेल मार्शले ४१, म्याथ्यु शर्टले ३०, ट्रभिस हेडले २९, एलेक्स केरलिे २४, कुपर कोनोलीले २३ र नाथन एलिसले १६ रन बनाए ।

चौथो विकेटका लागि रेनशा र केरीबीच ५९ रनको साझेदारी भएको थियो ।  भारतका लागि  हर्षीत रानाले चार, वासिङ्टन सुन्दरले दुई तथा मोहम्मद सिराज, प्रसिद्ध कृष्ण, कुलदीप यादव, अक्षर पटेलले समान एक विकेट लिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain