चैत्र १, २०८२ आइतबार | ११:११:३२
बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? बायर्नले टार्‍यो हार बार्सिलोनासँग अग्रता घटाउँदै रियाल मड्रिड सिटी रोकियो, चेल्सी पराजित अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ?

चार महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपालले आइतबार अमेरिकाको सामना गर्दै आइससी क्रिकेट विश्वकप लिग-२ मा अन्तर्गतकाे आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको सुरुआत गर्दैछ । 

खेल युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार बिहान ११ः १५ मा हुँदैछ । यो शृंखलामा यी दुईसँगै युएई पनि सहभागी छ ।

लिग-२ मा निकै संघर्ष गरिरहेको नेपाल अमेरिकालाई हराउँदै सुखद सुरुआतको लक्ष्यमा रहनेछ । तर उत्कृष्ट लयमा रहेको अमेरिकाविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

नेपाल करिब चार महिनापछि एकिदवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको छ । नेपालले पछिल्लो पटक लिग-२ अन्तर्गत गत जुनमा नेदरल्यान्ड्सविरुद्ध एकदिवससीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपाल लिग-२ का चार शृंखलमा १६ खेल खेल्दा १२ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

भखरै आइसीसी ट्वान्टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल उच्च मनोबलका साथै मैदान उत्रिनेछ ।

आइसीसी लिग-२ मा नेपालका लागि आरिफ शेखले ११ खेलमा तीन अर्धशतकसहित सर्वाधिक ३८४ रन प्रहार गरेका छन् । यसैगरी सोमपाल कामीले नेपालका लागि १३ खेलमा सर्वाधिक १७ विकेट लिएका छन् ।

यता मोनांक पटेको कप्तानमा रहेको अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ । टोली नेपालविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ ।

अमेरिकाका लागि कप्तान मोनंकले नै २० खेलमा एक शतक र सात अर्धशतकसहित सर्वाधिक ७४६ रन बनाएका छन् । यसैगरी नोस्थुश केन्जिगेल टोलीका लागि २० खेलमा सर्वाधिक २९ विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच हालसम्म ९ खेल भएका छन् । जसम दुवै टोलीले समान तीन खेल आफ्नो पक्षमा पार्दा एक खेल विना नितजा टुंगिएको छ ।

नेपालले लिग-२ का पछिल्ला दुई खेलमा भने अमेरिकासँग क्रमशः तीन विकेट र ३७ रनको पराजय बेहोरेको छ ।

लिग-२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीसोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा पुग्ने छन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

नेपाली टाेली

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||