माघ १२, २०८२ सोमबार | २१:२९:३२
गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो बार्सिलोनाले फेरी रियाललाई पार्‍याे पछि युनाइटेडसँग आर्सनल स्तब्ध जित्नै पर्ने दबाबमा नेपाल केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित

चार महिनापछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदै नेपाल

फाइल तस्विर ।

काठमाडौं । नेपालले आइतबार अमेरिकाको सामना गर्दै आइससी क्रिकेट विश्वकप लिग-२ मा अन्तर्गतकाे आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको सुरुआत गर्दैछ । 

खेल युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार बिहान ११ः १५ मा हुँदैछ । यो शृंखलामा यी दुईसँगै युएई पनि सहभागी छ ।

लिग-२ मा निकै संघर्ष गरिरहेको नेपाल अमेरिकालाई हराउँदै सुखद सुरुआतको लक्ष्यमा रहनेछ । तर उत्कृष्ट लयमा रहेको अमेरिकाविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

नेपाल करिब चार महिनापछि एकिदवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको छ । नेपालले पछिल्लो पटक लिग-२ अन्तर्गत गत जुनमा नेदरल्यान्ड्सविरुद्ध एकदिवससीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपाल लिग-२ का चार शृंखलमा १६ खेल खेल्दा १२ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

भखरै आइसीसी ट्वान्टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल उच्च मनोबलका साथै मैदान उत्रिनेछ ।

आइसीसी लिग-२ मा नेपालका लागि आरिफ शेखले ११ खेलमा तीन अर्धशतकसहित सर्वाधिक ३८४ रन प्रहार गरेका छन् । यसैगरी सोमपाल कामीले नेपालका लागि १३ खेलमा सर्वाधिक १७ विकेट लिएका छन् ।

यता मोनांक पटेको कप्तानमा रहेको अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ । टोली नेपालविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा उक्लिने प्रयासमा हुनेछ ।

अमेरिकाका लागि कप्तान मोनंकले नै २० खेलमा एक शतक र सात अर्धशतकसहित सर्वाधिक ७४६ रन बनाएका छन् । यसैगरी नोस्थुश केन्जिगेल टोलीका लागि २० खेलमा सर्वाधिक २९ विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच हालसम्म ९ खेल भएका छन् । जसम दुवै टोलीले समान तीन खेल आफ्नो पक्षमा पार्दा एक खेल विना नितजा टुंगिएको छ ।

नेपालले लिग-२ का पछिल्ला दुई खेलमा भने अमेरिकासँग क्रमशः तीन विकेट र ३७ रनको पराजय बेहोरेको छ ।

लिग-२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीसोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा पुग्ने छन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।

नेपाली टाेली

कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, अनिल शाह, शाहब आलम, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, नन्दन यादव, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate