आश्विन २३, २०८२ शुक्रबार | ०९:५०:१३
विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार पहिलो हाफमा भियतनाम र नेपालले खेले बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार पहिलो हाफमा भियतनाम र नेपालले खेले बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो क्रिकेट खेलाडीको तस्विर अंकित हुलाक टिकट प्रकाशन

साचे अनुसारको रन बन्न सकेनः कप्तान रोहित

फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलेले आइसिसी ट्वान्टी-२० विश्वकप एसिय एण्ड इस्ट एसिया प्यासिफिक छनोटको पहिलो खेलमा कुवेतविरुद्ध सोचे अनुसारको रन बन्न नसकेको बताएका छन् ।

बुधबार अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४२ रनको योगफल तयार पारेको थियो । 

‘विकेट निकै गाह्रो भएकाले हामीले सोचे अनुसारको रन बनाउन सकेनौं । हाम्रो लक्ष्य १५०-६० रन सम्म पुग्ने थियो । तर कुवेतले उत्कृष्ट बलिङ गर्यो,’ रोहितले खेलपछि भने ।

ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसके पनि उत्कृष्ट बलिङको मद्दतमा नेपालले ५८ रनको सहज जित दर्ता गरेको थियो ।

रोहित कम रनको लक्ष्य भए पनि विकेटको अवस्था अनुसार उक्त रन ‘डिफेन्ड’ गर्न सक्नेमा विश्वस्त रहेको बताउँछन् ।

‘लक्ष्य ठूलो नभए पनि ‘विकेटको अवस्था हेर्दा ‘डिफेन्ड’ गर्न सक्छौं भन्ने लागेको थियो । उत्कृष्ट बलिङ र फिल्डिङको मद्दतले हामी जित निकाल्न सफल भयौं,’ रोहितले भने,‘ आगामी खेलमा ब्याटिङमा पनि सुधार गर्नेछौं ।’

नेपालका लागि ब्याटिङमा कुशल भुर्तेलले ५६ बलमा समान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरेका थिए ।

यसैगरी बलिङमा ललितनारायण राजवंशी, सन्दिप लामिछाने र रोहितकुमार पौडेलले समान दुई विकेट लिए ।

जितसँगै दुई अंक जोडेको नेपालले समूह ‘बी’ बाट सुपर सिक्सको यात्रा लगभग पक्का गरेको छ । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा शुक्रबार जापानको सामान गर्नेछ । 


भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST