आश्विन २३, २०८२ शुक्रबार | १५:२९:४१
नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार

नेपालले कुवेतलाई हरायो

विकेटको खुसीः पहिलो ओभरमै कुवेतका ओपनर रभिजा सान्दारुवानको विकेट लिएपछि नेपाली बलर सोमपाल कामी, तस्विर सौजन्यः क्यान ।

काठमाडौं । कशिलो बलिङप्रेरित आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो ।

नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य कुवेतले पछ्याउन सकेन । जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो ।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाए । त्यस्तै पाँचौं नम्बरका ब्याटर यासिन पटेलले १९ र तेस्रो नम्बरमा आएका मीत भाब्सारले ११ रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो ।

स्कोरबोर्डमा एक रन जोड्न नपाउँदै कुवेतले पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरको चौथो बलमा सोमपालले ओपनर रभिजा सान्दारुवानलाई बोल्ड गर्दै पेभिलियनको बाटो देखाए ।

चौथो ओभरको पाँचौं बलमा नेपालले दोस्रो सफलता हासिल गर्यो । ललितको बलमा मीत भावसार सन्दीप जोराबाट क्याच भए । एक रन पनि जोड्न नपाउँदै कुवेतले अर्को विकेट गुमायो । विकेटकिपर उस्मान घानी अहमद अदाम बाकु पटेल डकआउट भए । त्यसपछि आएका यासिन पटेलले पारीलाई उकास्ने प्रयास गरे । तर, एन्टो र उनले ३५ रनभन्दा बढी साझेदारी गर्न सकेनन् । १०औं ओभरको तेस्रो बलमा एन्टो दीपेन्द्रसिंह ऐरिबाट रनआउट हुन पुगे ।

कुवेतले पाँचौं विकेटको रुपमा कप्तान मोहम्मद अस्लामलाई गुमायो । विपक्षी कप्तान रोहितको बलमा उनी कुशल भुर्तेलबाट क्याच भए । जतिबेला स्कोरबोर्डमा ६७ रन बनेको थियो । सात रनपछि पटेल पनि रोहितकै शिकार बने । यसपाली क्याच लिने खेलाडी थिए, सन्दीप जोरा ।

सातौं विकेटको रुपमा कुबेतले बिलाल ताहिरलाई गुमायो । १५औं ओभरको दोस्रो बलमा उनी कुशल (मल्ल)बाट क्याच भए । बलर थिए, सन्दीप लामिछाने । सन्दीपले लगत्तैको बलमा नवीनराज राजेन्द्रनलाई एलबिडब्ल्युको शिकार बनाए । ललितले शिराज खानको विकेट लिएपछि नेपालले नवौं सफलता हासिल गर्यो । शिराज आसिफ सेखबाट क्याच भए । १९औं ओभरको पहिलो बलमा कुशल (भुर्तेल)ले विकेटको खातामा आफ्नो नाम लेखाए । मोहम्मद आकिफ फरुक दीपेन्द्रसिंहबाट क्याच भए ।

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटअन्तर्गत कुवेतविरुद्ध कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरि, तस्विर सौजन्यः क्यान ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि भुर्तेलले ५६ बलमा समान तीन चौका र छक्कासहित ६६ रनको पारी खेले । त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरिले १९ बलमा एक छक्कासहित २० रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई विकेट लिए । एक विकेट मोहम्मद आकिफ फरुकको नाममा रह्यो ।

नेपालले तेस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमायो । स्कोरबोर्डमा पाँच रन हुँदा ओपनर आसिफ शेख पेभिलियन फर्किएका थिए । मात्र दुई रनमा रहेका आसिफ बलमा मोहम्मद आकिफ फरुकबाट एलबिडब्ल्युको शिकार भए । त्यसपछि क्रिजमा आएका कप्तान रोहितले कुशलसँग मिलेर पारी सम्हाल्ने कोशिस गरे । तर, आठौं ओभरको दोस्रो बलमा रोहित नवीनराज राजेन्द्रनबाट बोल्ड भए । रोहित र भुर्तेलले ४१ रनको साझेदारी गरे ।

रोहितपछि आएका कुशल पनि १०औं ओभरको पाँचौं बलमा नवीनराजबाटै बोल्ड भए । ९ बलको सामना गरेका कुशलले मात्र चार रन जोडे । १२औं ओभरको चौथो बलमा सन्दीप जोरालाई विकेटकिर उस्मान घानी अहमद अदाम बाकु पटेलले मोहम्मद अस्लामको बलमा स्टम्प आउट गरे ।

जोरा पेभिलियन फर्किएसँगै क्रिजमा आए ऐरि । ऐरिले भुर्तेलसँग मिलेर ४१ रनको साझेदारी गरे । यसबीच १७औं ओभरमा भुर्तेलले आफ्नो १२औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । भुर्तेलको अर्धशतकलगत्तै ऐरि रनआउटको शिकार बने । ‘नन स्ट्राइकर इन्ड’मा रहेका ऐरि भुर्तेलको एक रनमा दौडिएका थिए । तर, क्रिजमा पुग्न नपाउँदै विकेटकिपर पटेलले ऐरिलाई पेभिलियनको बाटो देखाए ।

ऐरिपछि आएका गुल्सन झाले कूल ६ बल खेले । १९औं ओभरमा सातौं नम्बरमा ब्याटिङ गर्न आएका गुल्सन झाले लगातार तीन छक्का प्रहार गरेपछि नेपाल प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुगेको हो । छैटौं बलमा उनी चन्दामाराबाट बोल्ड भए । २०औं ओभरको पाँचौं बलमा भुर्तेललाई पनि चन्दामाराले बोल्ड गरिदिए ।

जितसँगै नेपालले ‘सुपर सिक्स’मा आफ्नो पाइलालाई एक कदम अगाडि सारेको छ । नेपालले समूहको दोस्रो खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ । सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने सेट–अप छ । सुपर सिक्स पनि राउन्ड रोविन पद्धत्तिमा खेलाइनेछ । जसमा शीर्ष तीनभित्र अटाउने टोलीले अर्को वर्ष भारत र श्रीलंकाको संयुक्त अयोजनामा हुने विश्वकपको १०औं संस्करणमा स्थान बनाउनेछ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND