आश्विन २३, २०८२ शुक्रबार | १५:२१:२३
नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार

नेपालले दियो कुवेतलाई १४२ रनको लक्ष्य

काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकीय पारीप्रेरित आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतविरुद्ध १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै    रन बनाएको हो ।

नेपालका लागि भुर्तेलले ५६ बलमा समान तीन चौका र छक्कासहित ६६ रनको पारी खेले । त्यस्तै अलराउन्डरद्धय दीपेन्द्रसिंह ऐरि र गुल्सन झाले समान २० रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई विकेट लिए । एक विकेट मोहम्मद आकिफ फरुकको नाममा रह्यो ।

नेपालले तेस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमायो । स्कोरबोर्डमा पाँच रन हुँदा ओपनर आसिफ शेख पेभिलियन फर्किएका थिए । मात्र दुई रनमा रहेका आसिफ बलमा मोहम्मद आकिफ फरुकबाट एलबिडब्ल्युको शिकार भए । त्यसपछि क्रिजमा आएका कप्तान रोहितले कुशलसँग मिलेर पारी सम्हाल्ने कोशिस गरे । तर, आठौं ओभरको दोस्रो बलमा रोहित नवीनराज राजेन्द्रनबाट बोल्ड भए । रोहित र भुर्तेलले ४१ रनको साझेदारी गरे ।

रोहितपछि आएका कुशल पनि १०औं ओभरको पाँचौं बलमा नवीनराजबाटै बोल्ड भए । ९ बलको सामना गरेका कुशलले मात्र चार रन जोडे । १२औं ओभरको चौथो बलमा सन्दीप जोरालाई विकेटकिर उस्मान घानी अहमद अदाम बाकु पटेलले मोहम्मद अस्लामको बलमा स्टम्प आउट गरे ।

जोरा पेभिलियन फर्किएसँगै क्रिजमा आए ऐरि । ऐरिले भुर्तेलसँग मिलेर ४१ रनको साझेदारी गरे । यसबीच १७औं ओभरमा भुर्तेलले आफ्नो १२औं ट्वान्टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । भुर्तेलको अर्धशतकलगत्तै ऐरि रनआउटको शिकार बने । ‘नन स्ट्राइकर इन्ड’मा रहेका ऐरि भुर्तेलको एक रनमा दौडिएका थिए । तर, क्रिजमा पुग्न नपाउँदै विकेटकिपर पटेलले ऐरिलाई पेभिलियनको बाटो देखाए ।

ऐरिपछि आएका गुल्सन झाले कूल ६ बल खेले । १९औं ओभरमा सातौं नम्बरमा ब्याटिङ गर्न आएका गुल्सन झाले लगातार तीन छक्का प्रहार गरेपछि नेपाल प्रतिस्पर्धात्मक लक्ष्य सम्म पुगेको हो । छैटौं बलमा उनी चन्दामाराबाट बोल्ड भए । २०औं ओभरको पाँचौं बलमा भुर्तेललाई पनि चन्दामाराले बोल्ड गरिदिए ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND