आश्विन २३, २०८२ शुक्रबार | १५:१०:५५
नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार

नेदरल्यान्ड्सको अपराजित यात्रा जारी

काठमाडौं । नेदरल्यान्ड्सले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म पनि कायम राखेको छ ।

नेदरल्यान्ड्सले बिहीबार ता’ काली राष्ट्रिय रंगशालामा घरेलु टोली माल्टाविरुद्ध ४-० को सहज जित निकाल्यो ।

जितसँगै पाँच खेलमा १३ अंक जोडेको नेदरल्यान्ड्स समूह ‘जी’ को शीर्ष स्थानमा छ । पराजित माल्टा समान खेदबाट दुई अंकका साथ पुछारमा छ ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पाले दुई तथा तिज्जानी रेइजन्डर्स र मेम्फिस डिपेले समान एक गोल गरे ।

खेलको १२औं मिनेटमा गाक्पोको पेनाल्टी गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ४८औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । यस पटक पनि गाक्पोले पेनाल्टी अवसरलाई सुदपयोग गरे ।

रेइजन्डर्सले ५७औं मिनेटमा गोल गर्दा नेदरल्यान्ड्सको अग्रता ३० मा पुग्यो । उनले गाक्पोको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा डिपेले गोल गर्दा नेदरल्यान्ड्स ४-०ले विजयी भयो । यस पटक डेन्जल डम्फ्रिजले गोलको अवसर सिर्जना गरेका थिए ।

विश्वकप युरोपियन छनोट अन्तर्गत बिहीबारै सम्पन्न अन्य खेलमा स्कटल्यान्डले ग्रिसलाई ३१, अस्ट्रियाले सान मारिनोलाई १०-०, फारोइ आइसल्यान्डले मोन्टेनग्रोलाई ४-०, फिनल्यान्डले लुथुनियालाई २-१ तथा डेनमार्कले  बेलारुसलाई ६-० ले पराजित गरे ।

यसैगरी क्रोएसिया र चेक रिपब्लिकले गोलरहित तथा साइप्रस र बोस्निया एन्ड हर्जगोभिनियाले २-२ को बराबरी खेले । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND