आश्विन २३, २०८२ शुक्रबार | १५:१८:२४
नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार नेपाल प्रहरीले गर्यो कराते खेलाडीको सम्मान तथा बिदाइ नेपालका ६ खेलाडीले मलेसियामा अन्तरराज्यीय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्ने स्वदेश फर्कियो महिला क्रिकेट टोली अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार

एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । बिहीबार आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भयो ।

हारसँगै नेपालको एसियन कप पुग्ने चुनौतीमा ठूलो धक्का लागेको छ । छनोट प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो । नेपाल हाल अंकतालिकाको पुछारमा छ ।

दोस्रो जित हासिल गरेको भियतनामले लगातार तेस्रो संस्करण एसियन कपमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । भियतनाम यो जितसँगै दोस्रो स्थानमा यथावत छ ।

नेपालले भियतनामलाई पहिलो हाफमा १-१ को बराबरीमा रोकेको थियो । दोस्रो हाफमा १० खेलाडीमा सीमित नेपालको पोस्टमा दुई गोल थप्दै भियतनामले सहज जित हासिल गर्यो ।

साढे ८ हजार घरेलु समर्थकबीच खेलको नवौं मिनेटमा फरवार्ड एनग्युएन टिन लिनले भियतनामलाई अग्रतामा ल्याएका थिए ।

खेलको १७औं मिनेटमा नेपालले सेटपीस अवसरलाई गोलमा परिणत गर्यो । मिडफिल्डर रोहन कार्कीको फ्रिकिकलाई राइटब्याक सनीस श्रेष्ठले हेडरमार्फत बललाई जाली चुमाए । अन्तर्राष्ट्रिय फुटबलमा सनीसको यो पहिलो गोल हो ।

खेलको २५औं मिनेटमा भियतनामको गोललाई ‘लाइन्सम्यान’ले ‘अफसाइड’को संज्ञा दिएपछि नेपालले राहतको सास फेर्यो ।

इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित हुन पुग्यो । रक्षक सुमन श्रेष्ठको मिस पासमा सृजित भियतनामको ‘काउन्टर’ आक्रमणलाई रोक्ने क्रममा लाकेनले पेनाल्टी बक्स नजिकै विपक्षी खेलाडीलाई फउल गरेका थिए ।

रक्षक फाम ट्वान हाइको गोलमार्फत भियतनामले खेलको ६७औं मिनेटमा पुनः अग्रता लियो । पाँच मिनेटपछि नै भियतनामले अर्को गोल थप्यो । यसपाली वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रक्षक एनगुएन भान भीले गोल गरे ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा आयुष घलानलाई प्रतिस्थापन गर्दै युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे ।

‘एकदमै खुसी लागेको छ । तर, साँचै भन्दा टिमले हार्दा नराम्रो लाग्दो रहेछ,’ डेब्युपछि कुशलले भने, ‘मिहिनेत गरिरहेको थिएँ । आफ्नो मौका कुरिरहेको थिएँ ।’

हारपछि नेपालका मुख्य प्रशिक्षक म्याथ्यु रसले लाकेनको रातो कार्डले खेलमा फरक परेको तर्क गरे ।

‘एक गोलले पछाडि पर्दा जुन हिसाबले हामीले गोल फर्कायौं । त्यो एकदमै प्रशंनीय छ । म यसमा मेरो खेलाडीप्रति गर्व गर्छु । लाकेनको रातो कार्डका कारण खेलमा फरक ल्यायो । बलियो भियतनामसँग हामीभन्दा एक खेलाडी बढी थियो,’ रसले भने, ‘अवश्य पनि म निराश छु । तर, मेरा खेलाडीले यस्ता कठिन परिस्थितिबाट पाठ सिक्न आवश्यक छ । हामी दोस्रो लेगका लागि आवश्यक तयारी गरेर आउनेछौं ।’

बिहीबारनै सम्पन्न समूहको अर्को खेलमा मलेसियाले लाओसको चुनौती ३-० ले पन्छायो । जितसँगै मलेसिया स्पष्ट तीन अंकका साथ शीर्ष स्थानमा यथावत छ ।

छनोट प्रतियोगिताको पछिल्लो खेलमा नेपालले गत जुनमा कमजोर लाओसविरुद्ध २–१ को हार बेहोरेको थियो । त्यसअघि पहिलो खेलमा मलेसियाले नेपाललाई २-० ले हराएको थियो । नेपालले मंगलबार चौथो खेलमा फेरि भियतनामसँग खेल्ने तालिका छ । भियतनामसँग स्पष्ट तीन अंक हासिल गर्न नसके नेपालको एसियन कप पुग्ने चुनौती सकिनेछ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II FORMER HEAD COACH, NATIONAL FUTSAL TEAM
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND