आश्विन २३, २०८२ शुक्रबार | ०९:५६:०५
अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार पहिलो हाफमा भियतनाम र नेपालले खेले बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो अल्जेरिया फिफा विश्वकपमा छनोट विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता गर्ने नेदरल्यान्ड्सको अपराजित यात्रा जारी समूह विजेता बन्ने लक्ष्यमा नेपाल एसियन कप छनोट: नेपालको लगातार तेस्रो हार अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु एसियन कप छनोटः भियतनामसँग नेपालको हार पहिलो हाफमा भियतनाम र नेपालले खेले बराबरी, लाकेनलाई रातो कार्ड भियतनामविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, अञ्जन बेन्चमा ट्वान्टी-२० विश्वकप छनोटः कतारले मलेसियालाई हरायो

अन्तर्राष्ट्रिय फुटबलमा कुशलको डेब्यु

काठमाडौं । युवा मिडफिल्डर कुशल देउवाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् ।

बिहीबार एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै कुशलले पहिलो अन्तर्राष्ट्रिय क्याप जितेका हुन् ।

नेपाल ३–१ ले पराजित रहेको खेलमा कुशलले खेलको ८५औं मिनेटमा अट्याकिङ मिडफिल्डर आयुष घलानलाई प्रतिस्थापन गरेका थिए । पनि कुशल राष्ट्रिय टोलीमा थिए । 

उमेर समूहमा नेपालको ‘क्याप्टेन आर्मब्यान्ड’ लगाइसकेका कुशलले तेस्रो अवसरमा डेब्युको मौका पाएका हुन् । गत जुनमा लाओसविरुद्ध एसियन कप छनोटको तेस्रो चरणको दोस्रो खेलमा कुशल पहिलो पटक अन्तिम २३ सदस्यीय टोलीमा समावेश थिए ।  त्यस्तै गत सेप्टेम्बर ६ मा बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि कुशल राष्ट्रिय टोलीमा थिए । तर, उनले मैदानमा उत्रिने अवसर भने प्राप्त गरेका थिएनन् ।

‘एकदमै खुसी लागेको छ । तर, साँचै भन्दा टिमले हार्दा नराम्रो लाग्दो रहेछ,’ डेब्युपछि कुशलले भने, ‘मिहिनेत गरिरहेको थिएँ । आफ्नो मौका कुरिरहेको थिएँ ।’

कुशलले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबको प्रतिनिधित्व गरेका थिए । शीर्ष डिभिजन फुटबलको अनुभव लिन बाँकी कुशलले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण च्याम्पियन ललितपुर सिटी एफसीबाट खेलेका थिए । दोस्रो क्वालिफायरमा पोखराविरुद्ध कुशलले निर्णायक गोल गर्दै ललितपुरलाई फाइनलसम्म पुर्याएका थिए ।

गत वर्ष घरेलु भूमिमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपको छैटौं संस्करणमा कुशल नेपाली टोलीका कप्तान थिए । उर्जन श्रेष्ठको नेतृत्वमा रहेको टोली फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । त्यसलगत्तै चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु–२० छनोटमा पनि कुशलले टोलीको नेतृत्व गरेका थिए ।

सन् २०२३ मा नेपालले साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करण आयोजना गरेको थियो । सुनिल श्रेष्ठको उक्त टोलीमा पनि कुशल महत्वपूर्ण खेलाडी थिए ।
 


भिडियो
कुलमानले गरे TU CRICKET मैदानको निरीक्षण ll
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST