काठमाडौं । जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बार्यन म्युनिखले पुछारबाट दोस्रो स्थानमा रहेको ह्यामबर्ग एसभीविरुद्ध ५-० को सानदार जित हासिल गरेको छ ।
जितसँगै बार्यनले विजयी यात्रालाई निरन्तरता दिएको छ । तीन खेल सकिँदा बार्यन दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा दुई अंकले अगाडि छ ।
शनिबार एलियान्ज इरिनामा सम्पन्न खेलमा बार्यनका लागि स्ट्राइकर ह्यारी केनले दुई तथा अट्याकिङ मिडफिल्डर सर्ज गिनाब्री, विंगर लुइज डियाज र डिफेन्सिभ मिडफिल्डर एलेक्जान्डर पाभलोभिकले समान एक गोल गरे ।
खेलको तेस्रो मिनेटमै गिनाब्रीको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ६ मिनेटपछि नै पाभलोभिकले टोलीको अग्रता दोब्बर बनाए ।
केनले २६औं मिनेटमा पेनाल्टीमार्फत बायर्नका लागि तेस्रो गोल गरे । तीन मिनेटपछि डियाजले गोल गर्दा बायर्नले पहिलो हाफमै ४-० को आरामदायी अग्रता बनायो ।
केनले ६२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ५-० को सानदार जित दिलाए ।
यसैगरी डर्टमन्डले आफ्नो तेस्रो खेलमा पुछारको एफसी हेइडेनहाइमलाई २-० ले हरायो ।