आश्विन २९, २०८२ बिहीबार | २२:३४:३८
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र
शनिबारको दिन

उपाधि रक्षाको अभियानमा यु-१६ नेपाली टिम

काठमाडौं । ‘सबै खेलाडी फिट छन् । हामी सबै पक्षमा बलियो छौं । पछिल्लो एक महिनायता खेलाडीहरू आफ्नो प्रदर्शनमै व्यस्त छन् । सन्तुलित टोली रहेकाले राम्रो प्रदर्शन हुनेमा विश्वस्त छु ।’

यो भनाइ नेपाली प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले एसिसी यु-१६ इस्ट जोन कप क्रिकेटका लागि मलेसिया उड्नुअघि राखेका थिए । प्रतियोगिताको साबिक विजेता रहेकाले प्रमुख दावेदार नेपाल नै थियो । टोली उपाधि रक्षाको अभियान लिएर मलेसिया पुगेको थियो । मैदान खेलाडीको प्रदर्शन पनि प्रशिक्षक चन्दको अनुमानअनुसार नै रह्यो । नेपाल अपराजित रहँदै फाइनल पुगिसकेको छ ।

हालसम्म समूह चरणका चार र सेमिफाइनल गरी पाँच खेल खेल्दा नेपालले कुनै पनि खेलमा त्यति कठिन महसुस गर्नुपरेको छैन । टोलीले आफ्ना प्रतिद्वन्द्वीहरूको चुनौती सहजै पन्छाइरहेको छ ।

समूह चरणमा प्रतिस्पर्धा गर्दै नेपाल र सिंगापुर ।

नेपालले समूह चरणमा सिंगापुरलाई ६ विकेट, जापानलाई ९ विकेट, इन्डोनेसियालाई ३७० रन र भुटानलाई २९८ रनले पराजित गरेको थियो । सेमिफाइनलमा आफ्नो सबैभन्दा बलियो प्रतिद्वन्द्वी मानेको घरेलु टोली मलेसियाविरुद्ध पनि नेपालले ९ विकेटको सानदार जित दर्ता गर्यो ।

पाँच खेल खेल्दा नेपाल अहिलेसम्म अलआउट भएको छैन । दुई पटक पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेको थियो भने तीन पटक लक्ष्य पछ्याउने क्रममा ३५ ओभरभित्रै खेल सकाएको छ । 

‘हाम्रो बलियो पक्ष भनेकै बलिङ हो । पछिल्लो समय ब्याटिङमा पनि राम्रो सुधार भइरहेको छ । हामी प्रमुख दाबेदार हौं र जसरी पनि उपाधि रक्षा गरेर आउँछौं,’ प्रशिक्षक चन्द विश्वस्त देखिन्थे । उनको दाबीलाई सही साबित गर्दै नेपालले ब्याटिङ र बलिङ दुवैमा सानदार प्रदर्शन गरिरहेको छ । बलिङमा कप्तान विपिनप्रसाद शर्मा र ब्याटिङमा रौनक श्रीवास्तवले यसको कमान्ड सम्हालिरेहका छन् ।

पाँच खेल खेल्दा नेपाल अहिलेसम्म अलआउट भएको छैन । दुई पटक पहिलो ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेको थियो भने तीन पटक लक्ष्य पछ्याउने क्रममा ३५ ओभरभित्रै खेल सकाएको छ । नेपालले सबै प्रतिद्वन्द्वीलाई अलआउट गरेको छ । हालसम्म पहिले ब्याटिङ गर्दा नेपालले समान एक पटक ३०० र २०० रनमाथि प्रहार गरेको छ । नेपालका लागि रौनक श्रीवास्तव र प्रसिद्ध जैसीले शतक प्रहार गरेका छन् ।

नेपालका लागि सर्वाधिक रनकर्ता रौनक श्रीवास्तव ।

नेपालबाट सबैभन्दा धेरै विकेट कप्तान विपिनप्रसाद शर्माले लिएका छन् । उनले ५ खेलमा ४४ ओभर बलिङ गर्दा ९० रन खर्चिएर १६ विकेट हात पारेका छन् । इन्डोनेसियाविरुद्ध ६ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो । विपिनलाई शुभम खनालले १० र अभय यादवले ७ विकेट लिएर साथ दिइरहेका छन् ।

सिंगापुर नेपालका लागि केही सहज प्रतिद्वन्द्वी हुन सक्छ । किनकि यी दुईबीच समूह चरणमा भएको भेटमा नेपाल ६ विकेट विजयी भएको थियो ।

यता रौनक श्रीवास्तवले ५ खेलमा समान एक शतक र अर्धशतसहित सर्वाधिक २९६ रन बनाएका छन् । भुटानविरुद्ध १६८ रन बनाउनु उनको उत्कृष्ट प्रदर्शन हो ।  रौनकलाई प्रसिद्ध जैसी २२९ र परिमार्जन यादवले १३२ रनसहित साथ दिइरहेका छन् ।

नेपाल आज शनिबार उपाधिका लागि सिंगापुरको सामना गर्नेछ । सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । सिंगापुर नेपालका लागि केही सहज प्रतिद्वन्द्वी हुन सक्छ । किनकि यी दुईबीच समूह चरणमा भएको भेटमा नेपाल ६ विकेट विजयी भएको थियो ।

नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्मा ।

फाइनल खेल मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपाली समयअनुसार बिहान ७ः४५ मा सुरु हुनेछ । अपराजित रहँदै फाइनल पुगेको नेपाल अन्तिम खेलमा पनि त्यसलाई कायम राख्दै उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।