पोखरा । वुमन्स च्यालेन्जर कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा टिम अकलाले सानदार सुरुआत गरेको छ ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन खेलमा अकलाले टिम बाराहीमाथि १० विकेटको सानदार जित हासिल गर्यो ।
बाराहीले प्रस्तुत गरेको ९८ रनको विजयी लक्ष्य अकलाले ९.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्याे । अकलाका लागि ओपनर सिर्जना पौडेलले ४६ र सुस्मिता श्रेष्ठले १४ रन बनाए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बाराहीले १९.१ ओभरमा सबै विकेट गुुमाउँदै ९७ रनको योगफल तयार पारेको थियो । बाराहीका लागि रिया तामाङले अविजित २४ र रिया गुरुङले ११ रन बनाए ।
अकलाका लागि सिर्जना पौडेलले चार र सुशिला डिमडोङले एक विकेट लिए ।
यसैगरी कांस्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको दोस्रो खेलमा टिम विन्ध्यवासिनीले भद्रकालीविरुद्ध एक विकेटको रोमाञ्चक जित दर्ता गर्याे ।