फाल्गुन २२, २०८२ शुक्रबार | ११:०६:०१
बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा इङ्ल्याण्डलाई हराउदै भारत फाइनलमा, उपाधीका लागि न्युजिल्याण्डसँग खेल्ने इङ्ल्याण्डलाई फाइनलमा स्थान बनाउँन २५४ रनको लक्ष्य फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै आर्सनल र चेल्सीको जित निकाल्दा सिटी रोकियो, युनाइटेड पराजित दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा फाइनल पुग्न दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई दियो १७० रनको लक्ष्य त्रिकोणात्मक सिरिज स्थगित पहिलो खेलमा भारत भियतनामसँग पराजित फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

निरज शीर्षस्थानमा कायम

निरज तामाङ

धरान । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन निरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् ।

धरान गल्फ कोर्समा निरजले बिहीबार ४-अन्डर ६६ को कार्ड बनाउदै समग्रमा १२-अन्डर १२८ सहित शीर्षस्थानमा कायम रहे।

अन्तिम १८ होलको खेल बाकी रहँदा विष्णुप्रसाद शर्मा समग्रमा ५-अन्डर १३५ सहित दोस्रो स्थानमा उक्लिए । उनले ३-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए ।

बलभद्र राई र भुवनकुमार रोक्काले ४-अन्डर १३६ को स्कोरमा संयुक्तरुपमा तेस्रो स्थान बाँडे। बलभद्रले ३-अन्डर ६७ र भुवनले १-अन्डर ६९ मा आजको खेल सकाए । समग्रमा १-अन्डर १३९ सहित धनबहादुर थापा पाँचौ स्थानमा रहे। बिहीबार उनले ३-ओभर ७३ मा खेला सकाए।

रवि खड्का र रामे मगर इभन-पार १४० को स्कोरमा छैटौं स्थानमा छन्। दुवैले आज १-अन्डर ६९ मा खेल सकाए। समग्रमा २-ओभर १४२ को स्कोरमा टंकबहादुर कार्की र नेपाल नम्बर एक प्रो भुवन नगरकोटी आठौं स्थानमा रहे। टंकले २-अन्डर ६८ र भुवनले ३-ओभर ७३ को स्कोर तयार पारे।  

दिनेश प्रजापती, राजेन राई र सुनिल केसी ३-ओभर १४३ स्कोरसहित संयुक्तरुपमा १०औं स्थानमा रहे। दिनेश र राजेनले इभन-पार ७० र सुनिलले २-ओभर ७२ को स्कोर दर्ज गरे।

निरजले दोस्रो दिनको उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइनमा २-अन्डर ३४ खेले । उनले पहिलो होलमा नै बोगी खेपे। तर यसपछि तेस्रो, पाँचौं र छैटौं होलमा एक/एक सट बचाए । यसपछि ब्याक नाइनमा पनि तीन बर्डी प्रहार गरे । १४, १६ र १७औं होलमा एक(एक सट बचाउँदा १५औं होलमा बोगी प्रहार गरे। निरजले ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।

दोस्रो स्थानमा उक्लने क्रममा विष्णुले नवौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गरे । यसपछि १५ र १६औं होलमा लगातार दुई बोगीको सामना गरे। तर ११, १२, १७ र १८औं होलको बर्डीले ब्याक नाइनमा २-अन्डर ३२ को नतिजा निकाले ।

बलभद्रले सानदार सुरुवात गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । उनले चौंथो होलमा एक सट खेर फाले भने दोस्रो र तेस्रो तथा सातौं देखि नवौं होल सम्म लगातार तीन बर्डी प्रहार गरे । ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। ११ र १४औं होलमा बोगी प्रहार गर्दा १३औं होलमा एक सट बचाए । 

भुवनले तेस्रो र पाँचौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइनमा २-अन्डर ३४ खेले। यसपछि ११ र १५औं होलमा एक/ एक सट खेर फाले तर १८औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा सकाए।

एमेच्योरतर्फ सुमन परियारले समग्रमा इभन-पार १४० सहित सुन्दर राईलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिए। उनले आज २-अन्डर ६८ स्कोर निकाले । सुन्दरले समग्रमा २-ओभर १४२ स्कोर बनाए। उनले दोस्रो दिनको खेल ४-ओभर ७४ मा पुरा गरे ।

३६ होलको समाप्तीमा ९-ओभर १४९ स्कोर गर्ने २१ प्रोफेसनल र ८ एमेच्योर गरी कुल २९ जनाले कट बनाएका छन् । प्रोफेसनलतर्फ रमेश अधिकारी, दीपक मगर, थाम बहादुर राई, दल बहादुर लामा, कृष्णमान राजबाहक, युवराज भुजेल, सञ्जय लामा, सूर्यप्रसाद शर्मा र सबिन सापकोटाले अन्तिम १८ होलको खेलका लागि स्थान बनाए ।

यसैगरी एमेच्योरतर्फ राम तामाङ, सुरेश तामाङ, बुद्धिमान सुनुवार, जितेन्द्र राई,कुशोर बस्नेत र काजी राईले कट बनाए ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||