चैत्र ३, २०८२ मंगलबार | ०३:३६:५१
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

मलेसियालाई तीन स्वर्ण

मिक्स युगलका पदक विजेता ।

काठमाडौं । नेपाल ब्याडिमिन्टन संघको आयोजनाकमा सम्पन्न योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन स्वर्ण पदक प्राप्त गरेको  छ ।

मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगलतर्फ स्वर्ण पदक जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार पुरुष युगलतर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बोको जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१-१४, २१-२३, २१-१७ ले पराजित गर्यो ।

यस्तै महिला युगलतर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाइल्यान्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१-१३, २१-१४ तथा  मिस्क युगल तर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१-१८, २१-११ ले हराए  ।

यसैगरी पुरुष एकलतर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बिएम राहुल भारद्वाजलाई २१-१७, २१-१६ ले पराजित गर्दै स्वर्ण जिते ।

थाइल्यान्डकी ललिनरात चाईवानले भारतकी इरा शर्मालाई २२-२०, २१-१२ ले पराजित गर्दै महिला एकलतर्फ स्वर्ण पदक चुमिन् ।

प्रत्येक विधाका शीर्ष तीनले १ हजार २००, ७२० र ३०० अमेरिकी डलर प्राप्त गरे ।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्विकृती प्राप्त प्रतियोगितामा नेपालसहित २२ देशका १७४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने