जेष्ठ १२, २०८२ आइतबार | ०४:४३:२९
हेल्प नेपालको विजयी यात्रा जारी एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी हेल्प नेपालको विजयी यात्रा जारी एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने रामे मगरको टोलीले जित्यो प्रो-एमको उपाधि पुलिसविरुद्ध गण्डकी सोझो सेटमा विजयी साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा हुने सुशीलकुमार शाहीलाई वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि एसियाली एथलेटिक्स च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान न्यु डायमन्डको पुनरागमन जित एपिएफ र पुलिस लगातार दोस्रो खेलमा विजयी

नेपाल लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।

युएईको द सेभेन रंगशालामा बिहीबार नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकाल्यो । 

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित कुवेत अंकविहिन छ । पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दा कुवेतले घरेलु टोली युएईसँग १०६ रनको हार ब्यहोरेको थियो ।

नेपालले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै समेटियो । कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सीमाना केसी र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतो, करिस्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको थियो । 
नेपालका लागि पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाए ।

चौथो विकेटका लागि पूजा र ज्योत्स्निकाले ४७ रनको साझेदारी गरे । कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक विकेट लिए ।

अब नेपालले शनिबार घरेलु टोली युएईको सामना गर्नेछ । 
 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL