काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले कुवेतसामू १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रनको योगफल तयार पार्यो ।
नेपालका लागि कप्तान पूजा महतोले ३४, साना प्रविनले २५, ज्योत्स्निका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन बनाए ।
चौथो विकेटका लागि पूजा र ज्योत्स्निकाले ४७ रनको साझेदारी गरे । कुवेतका लागि आयशा इक्बाल पेविकरले दुई तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान एक विकेट लिए ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । नेपालले पहिलो खेलमा थाइल्यान्डविरुद्ध ६७ रनको जित निकालेको थियो ।
यता कुवेत पनि पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा कुवेत घरेलु टोली युएईसँग १०६ रनले पराजित भएको थियो ।
भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA