माघ २, २०८१ बुधबार | १६:०९:०६
खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा

इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको सहज जित

काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी २० आईमा अस्ट्रेलियाले २८ रनको जित निकालेको छ । बुधबार राति साउथह्याम्पटनमा  भएको खेलमा ओपनर ट्राभिस हेडले ‘प्लेयर अफ दि म्याच’ प्रदर्शन गरे ।

पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले १९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८० रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा इङ्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र एक सय ५१ रन बनाउन सक्यो ।

इङ्ल्यान्डको लागि लिआम लिभिङस्टोनले सर्वाधिक ३७ रन बनाए । फिल साल्टले २० रन बनाउँदा साम करनले १८, जोर्डन कोक्सले १७ रनको योगदान गरे । पाँचौं विकेटको लागि लिभिङस्टोन र करनले सर्वाधिक ५४ रन बनाए ।

अस्ट्रेलियाका सेअन अबोटले तीन विकेट लिएका थिए । जस हेजलवूड र एडम जाम्पाले समान दुई विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाको लागि हेडले २३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए । अर्का ओपनर म्याथ्यु सर्टले ४१ रनको योगदान गरे । जस इङ्लिसले ३७ रन जोडेका हुन् । दुई खेलाडीले पहिलो विकेटको लागि ३६ बलमा ८६ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई सहज अवस्थामा पुर्याएका थिए ।

इङ्ल्यान्डका लिआमले सर्वाधिक ३ तथा सकिव मोहम्मद र जोफ्रा अचरले समान दुई विकेट हात पारे ।

दुई राष्ट्रबीच तीन खेलको शृंखला हुनेछ । 
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO