काठमाडौं । श्रीलंकाविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली इङ्ल्यान्डले सानदार सुरुआत गरेको छ । लर्ड्समा पहिलो दिनको खेल सकिँदा इङ्ल्यान्डले सात विकेट गुमाउँदै तीन सय ५८ रन बनायो ।
टस हारेर ब्याटिङ गरेको इङ्ल्यान्डको लागि जोइ रुटले सतकीय इनिङ्स खेले । चौथो नम्बर क्रिजमा पुगेका उनले २०६ बलमा १४३ रन बनाएका हुन् । त्यसक्रममा १८ चौका प्रहार गरे ।
गस एट्किन्सनले ८१ बलमा ७४ रन बनाएर खेलिरहेका छन् । म्याथ्यु पटले २० रन बनाएर क्रिजमा छन् । यसअघि ओपनर बेन डककेटले ४० रन बनाएर पेभिलियन फर्किएका थिए । अर्का ओपनर डान लरेन्स र कप्तान ओली पोपले दोहोरो अंक पनि बनाउन सकेनन् ।
श्रीलंकाका असिथा फेर्नान्डो, मिलान रथनायके र लाहिरु जयसुरियाले समान दुई विकेट हात पारेका छन् ।
यसअघि भएको पहिलो टेष्ट पाँच विकेटले जित्दै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको छ ।