काठमाडौं । आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको बैठकले बिहीबार एनपिएलमा आठ टोलीलाई सहभागी गराउने निर्णय गर्यो ।
क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल ट्वान्टी-२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल गर्ने निर्णय लिएको थियो।
यसैगरी बोर्ड बैठकले वाई-वाई यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर/ अक्टोबारमा कोशी प्रदेशमा गर्ने, आइसिसी यु-१९ महिला विश्वकपको एसिया छनोटका लागि पहिलो चरणको बन्द प्रशिक्षण दाङको लमाहीमा गर्ने, पुर्व कप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरि छनोट समिति गठन गर्ने लगायताका निर्णय गरेको छ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO