चैत्र ७, २०८२ शनिबार | ०१:१३:००
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन

उपाधि भन्दा ठूलो लडाई

काठमाडौं । जति बेला आर्सनल र म्यानचेस्टर सिटी इङ्लिस लिग कपको फाइनलमा भोलि (आइतबार) भिड्ने छन्, त्यो खाली उपाधिको लडाई मात्र हुने छैन् । त्यसको अर्थ त्यो भन्दा ठूलो रहनेछ । इङ्लिस घरेलु फुटबलको यो नै सिजनको पहिलो उपाधि हुनेछ र कुनै पनि उपाधि कसैका लागि उत्तिकै महत्त्वको हुनेछ । यति भन्दा भन्दै पनि दुवै टिमको सबै ध्यान प्रिमियर लिग उपाधिमै छ । लिग कपको सफलता त त्यसलाई सघाउने मनोवैज्ञानिक माध्यम मात्र हुन सक्नेछ ।

यति बेला लिग कप फाइनलमा मात्र यी दुई टिम भिड्न लागेका होइनन्, खासमा आर्सनल र सिटी नै प्रिमियर लिग उपाधिको होडमा पनि छन् । अझ यिनै दुई टिम मात्रै । लिग कपको फाइनलमा जुन टिम जित्नेछ, त्यसलाई आत्मविश्वास पनि पुरस्कारस्वरुप प्राप्त हुनेछ ।

त्यस अर्थमा फाइनलमा जुन टिम हार्नेछ, त्यसलाई मानसिक दबाब बढनेछ । यसपल्ट वेम्बलीमा हुने फाइनलको विशेषता भन्नु नै यही हो ।

अर्को संयोग के पनि छ भने कुनै समय सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका सहायक रहने गर्थे, मिखेल आर्टेटा । 

अहिलेका लागि प्रिमियर लिगमा आर्सनल नै बलियो स्थितिमा छ, शीर्ष स्थानमा उसलाई ९ अंकको राम्रै अग्रता प्राप्त छ । यसअघिका तीन सिजनमा आर्सनल लिगमा जहिल्यै दोस्रो स्थानमा रहने गरेको थियो । त्यसमध्ये दुई पल्ट आर्सनल सिटीको पछाडि रह्यो भने एकपल्ट लिभरपुलको पछाडि । आर्सनलका लागि पछिल्लो समय लिभरपुल भन्दा पनि सिटी नै सबैभन्दा ठूलो प्रतिद्वन्द्वी रहेको छ ।

अर्को संयोग के पनि छ भने कुनै समय सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका सहायक रहने गर्थे, मिखेल आर्टेटा । अहिले यिनै आर्टेटाको जिम्मामा छ, आर्सनल । उनका लागि पनि लिग जित्नुको अर्थ हुनेछ, ग्वार्डिओलाको छायाबाट बाहिरिएर आफू पनि कम्तीको प्रशिक्षक होइन् भनेर प्रमाणित गर्ने । यस्तो कामका लागि चाहिने भनेको फेरि उपाधि जित्नु नै हो । कुरा यति मात्र होइन्, आर्सनलका लागि यो सिजन ऐतिहासिक हुने सम्भावना पनि छ ।

यसबीच अर्को एउटा तथ्य पनि निश्चिचत छ, जति बेला आर्सनल र सिटी एक आपसमा भिड्ने छन्, त्यो खेल आफैमा कहिल्यै कम्तीको हुने छैन् ।

आर्सनलसामु अहिले चार उपाधि जित्ने अवसर छ । त्यसमध्ये एक त यही लिग कप भयो, अर्को एफए कप । अनि प्रिमियर लिग । त्यसमाथि युरोपेली च्याम्पियन्स लिग । आर्सनलले यसै साता मात्र त हो, युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल यात्रा तय गरेको, त्यो पनि अपराजित रहेर । प्रतियोगितामा आर्सनल नै एक मात्र अपराजित टिम हो । लिग चरणमा त आर्सनलले सबै खेल जितेको थियो ।यसको ठीक विपरित सिटीका लागि स्थिति अलिकति खराव छ । एक त सिटी च्याम्यिन्स लिगबाट बाहिरिसकेको छ, त्यसमाथि प्रिमियर लिग होडमा पनि यो टिम आर्सनलको तुलनामा कमजोर सावित भइसकेको छ । खासमा ग्वार्डिओलाको नेतृत्वमा सिटीले त्यसरी खेलिरहेको छैन्, जसरी खेल्छ भनेर अपेक्षा गरिएको थियो ।

त्यसै कारण पनि सिटीका लागि लिग कपको उपाधिले धेरै अर्थ राख्न सक्छ । यसबीच अर्को एउटा तथ्य पनि निश्चिचत छ, जति बेला आर्सनल र सिटी एक आपसमा भिड्ने छन्, त्यो खेल आफैमा कहिल्यै कम्तीको हुने छैन् ।