चैत्र ७, २०८२ शनिबार | ०१:१३:००
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने
शनिबारको दिन

के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ?

काठमाडौं । विन्टर ओलम्पिकमा इटालीको प्रदर्शन उत्कृष्ट रह्यो । फर्मुला वान रेसमा किमी एन्टानेली १९ वर्षकै उमेरमा मज्जाका ड्राइभर भइसकेका छन् । उनी यो खेलका अबको सबैभन्दा ठूलो स्टार हुने भविष्यवाणी छ । सिक्स नेशन्स कपमा इटालीको रग्बी टिमले पहिलो पटक इङ्ल्यान्डलाई हराउन सफल भयो । इटाली पुरुष र महिला दुवै विधामा भलिबलको विश्व च्याम्पियन हो । त्यति मात्र कहाँ हो र ? इटालीले बेसबल र त्रिकेट जस्ता खेलमा पनि अविश्वसनीय प्रदर्शन गर्न थालिसकेको छ ।

ठीक यही बेला इटालीमा सबैभन्दा लोकप्रिय खेल फुटबलले भने संघर्ष गरिरहेको छ । कुनै जमाना थियो, जति बेला इटालीले विश्व फुटबलमा एकछत्र राज गरेको थियो । अहिले यही इटाली टिम लगातार तेस्रो पल्ट विश्वकपमा छनोट हुन नसक्ने स्थितिमा छ । 

अहिलेको इटालीको एक पुस्ताले आफ्नो देशले विश्वकप खेलेको हेर्न पाएका छैनन्, त्यो भनेको १५ वर्षमुनिका ।

चार पल्टको विश्वकप च्याम्पियन इटालीले प्ले अफमा उत्तरी आयरल्यान्डको सामना गर्दैछ । इटालीका खेलकुद मन्त्री आन्द्रै एबाडीले ठीकै भनेका छन्, खेलमा सफलता र असफलताको चक्र हुन्छ, त्यो घुमिरहन्छ ।

तर इटालीको फुटबलमा असफलको चक्र घुमेको लामो समय भइसक्यो । सफलता कहिले मिल्ने हो, कसैलाई थाहा छैन । त्यो खासै नजिक पनि देखिंदैन् । अहिलेको इटालीको एक पुस्ताले आफ्नो देशले विश्वकप खेलेको हेर्न पाएका छैनन्, त्यो भनेको १५ वर्षमुनिका ।

सन् २०१४ को विश्वकपमा उरुग्वेविरुद्धको खेल गुमाएयता इटाली विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा अनुपस्थित छ । तिनै एबाडी भन्छन्, ‘फुटबल इटालीलाई एकताबद्ध राख्ने खेल थियो, यही खेलमा हामी कमजोर भएका छौं ।’

उनी यत्तिकैमा रोकिएका छैनन्  । उनका अनुसार अब इटालीका लागि फुटबल त्यति महत्त्वको रहेन्, जति पहिले रहने गरेको थियो । अबको पुस्ताले फुटबल बाहेक अन्य खेलका क्षेत्रबाट पनि देशलाई शान दिलाउने काम गर्न थालेका छन् । यसको एउटा ठूलो कारण विश्वकप छनोटमा इटालीको लगातार कमजोर प्रदर्शन नै हो, जुन रोकिने कुनै छाँट छैन् । यसपल्टको छनोटमा इटाली सुरुमै नर्वेविरुद्ध पराजित भयो । त्यसपछि इटालीले लगातार ६ खेल जित्यो ।

तर पनि इटाली ढुक्क हुने स्थितिमा छैन् । त्यसो त विश्वकपमै पनि इटालीको पछिल्लो प्रदर्शन कहाँ राम्रो थियो र ?

तर फेरि नर्वेको सामना गर्दा टोली पराजित भयो । नर्वेसँगका लगातार हारले इटालीलाई आफ्नो समूहको दोस्रो स्थानमा सीमित गर्यो । जसका कारण टोली प्लेअफ खेल्न बाध्य भएको हो । इटालीका लागि प्ले अफ पीडामय रहने गरेको छ । सन् २०१८ मा स्विडेन र सन् २०२२ मा उत्तरी मेसोडोनियाविरुद्धको प्ले अफमा हारेर इटाली विश्वकप छनोटबाट बाहिरिएको थियो ।

अहिलेका लागि पनि इटाली उत्तरी आयरल्यान्डविरुद्ध बलियो नै देखिन्छ । फिफा वरीयतामा जहाँ इटाली १३ औं स्थानमा छ, त्यही उत्तरी आयरल्यान्ड ६९ औं स्थानमा ।तर पनि इटाली ढुक्क हुने स्थितिमा छैन् । त्यसो त विश्वकपमै पनि इटालीको पछिल्लो प्रदर्शन कहाँ राम्रो थियो र ?  सन् २०१० र २०१४ को विश्वकपमा इटाली नकआउट चरण पनि पुग्न सकेको थिएन् । विश्वास नहुन सक्छ, इटालीले विश्वकपको नकआउट चरणमा अन्तिम पटक जितेको भनेकै सन् २००६ मा हो, जति बेला इटालीले फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि जितेको थियो । त्यसयता इटालीका समर्थकले विश्वकपलाई जोडेर राम्रो सुन्न पाएकै छैनन् ।