मंसिर १९, २०८२ शुक्रबार | ०२:१८:४६
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

साग रजत विजेता ललिता महर्जन सम्मानित

ललितालाई सम्मान गरिदै ।

काठमाडौं । बक्सिङ खेलाडी ललिता महर्जन कमला कार्की स्मृति प्रतिष्ठानबाट शनिबार नगदसहित सम्मानित भएकी छन् ।

प्रतिष्ठानले स्व.कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा राजत पदक विजेता ललितालाई सम्मान गर्यो ।

घरेलु प्रतियोगितामा नेपाल आर्मीको प्रतिनिधित्व गर्ने ललिताले ४८ केजी तौलसमूहमा पदक जितेकी थिइन् । साग बाहेक ललिताले तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

सोही अवसरमा प्रतिष्ठानले पत्रकार पुष्पा शर्मा, सामाजिक अभियन्ता एलिना महर्जन, वडा १५ की ज्येष्ठ नागरिक ९१ वर्षीया वेली बेल्वासे र वडा १४ की ज्येष्ठ नागरिक ९६ वर्षीया धनमाया श्रेष्ठलाई पनि नगदसहित सम्मान गर्यो । सबैलाई १५ हजार १ रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरियो ।

त्यसै अवसरमा लोक वाजा संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको वन्थः चा मिसा पुचः लाई पनि प्रशंसा पत्रसहित १ लाख १ रुपैयाँसहित सम्मान गरिएको थियो ।

उनीहरुलाई संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, आमाको घरकी अध्यक्ष दिलशोभा श्रेष्ठ, बागमती प्रदेशकी पूर्व खेलकुद मन्त्री रमा आले, बागमती प्रदेशका सांसद केशव पोखरेल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीलगायतले सम्मान गरे ।

स्व.कमला कार्की प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्कीकी आमा हुन् । उनको २०७२ सालमा निधन भएको थियो । त्यसै वर्ष कार्कीले आमाको नाममा प्रतिष्ठान स्थापाना गरेका थिए ।


भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS