माघ ३, २०८२ शनिबार | २३:३६:१४
प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो

स्वस्तिका र नोर्बुले दिलाए नेपाललाई स्वर्ण

स्वर्ण पदक जितेका नोर्बु र स्वस्तिका ।

बहराइन ।  स्वस्तिका तिरुवा र नोर्बु थेन्डुपशेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।  

बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५-० ले पराजित गरिन् । सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५-० ले हराएकी थिइन् ।

समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य पदक जितेकी थिइन् । स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् ।

सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले दुई वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण पदक  जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् ।

पुरुष ८० केजीमुनि युथ फाइनलमा नोर्बुले ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३-२ ले हराए ।

सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पराजित गरेका थिए । नोर्बुले दोस्रो अन्तर्राष्ट्रिय सहभासगितामा पहिलो पदक जिते ।

नोर्बुको१ वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए ।

पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चार खेलाडीले पदक जिते । नेपालले समान दुई स्वर्ण र कांस्य पदक जित्यो ।

पुरुष ४६ केजीमुनिमा रोहित जनाला तथा पुरुष ८० केजीमुनिमा सूर्यान वैद्यले कांस्य पदक हात पारे । युनिक राई मात्र पदकविहीन बने । उनले पुरुष ६३ केजीमुनिमा प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate