चैत्र ७, २०८२ शनिबार | ०३:०४:०८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

ओलम्पिक छनोटः अन्जनी पराजित

फाइल तस्विर

काठमाडौं । नेपाली मुक्केबाज अन्जनी तेली पेरिस ओलम्पिकका लागि बक्सिङको दोस्रो तथा अन्तिम छनोट प्रतियोगितामा पराजित भएकी छन् ।

अन्जनी राउन्ड अफ १६ को खेलमा मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसँग २७-३० ले पराजित भइन् ।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजी तौल समूहको पहिलो खेल (राउन्ड अफ ३२) मा अन्जनीले हङकङकी अउ यिन विनीलाई ५ः० ले हराएकी थिइन् ।

अन्जनी गत वर्ष भारतमा सम्पन्न आइबिए विश्व बक्सिङमा ५४ केजी तौल समुहमा दुई बाउट जित्दै महिलातर्फ क्वार्टरफाइनल पुगेकी थिइन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनल पुग्ने  पहिलो नेपाली खेलाडी हुन् ।

यसैगर अन्जनी गतवर्ष सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र बागमती प्रदेशको आयोजनामा चितवन भरतपुरमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेकी थिइन् ।

सोही आधारमा उनीलाई उक्त ओलम्पिक क्वालिफाइङमा छनोट गरेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले बताए  ।

नेपाली मुक्केबाज तेलीलाई पराजित गरेकी बोजाना जुनियर र युथ युरोपियन बक्सिङ च्याम्पियनसिपमा चार पटक विजेता भइसकेकी छन्  । यसैगरी उनी सन् २०२२ मा सम्पन्न युरोपेली महिला बक्सिङ च्याम्पियनसिपमा उपविजेता बनेकी थिइन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो