कार्तिक १, २०८२ शनिबार | ००:५८:४१
एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार एन्फाले किन पिट्दै छ राष्ट्रिय लिगको डङ्का ? विश्वकप पुगेबाट गुलजार नेपाली क्रिकेट एसिया कपमा नेपालको फेरि निराशा फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म फुटबलका फर्गुसनको आत्मकथाभित्रका नालीबेली भलिबलले पायो १२औं कप्तान हरिहजुर मीना र पूर्णिमा पहिलो पटक राष्ट्रिय टोलीमा, अटाएनन् अमृतासहित तीन अनुभवी खेलाडी नेपाल पहिलो पटक च्याम्पियन बन्दै विश्वकपमा नेपाल अपराजित रहँदै च्याम्पियन नेपाल एसियन कप पुग्न सकेन, थाइल्यान्डसँग बेहोर्यो फराकिलो हार

फाइनलमा बालाजी र मनोज भिड्ने

मनोज तामाङ (रातो)

काठमाडौं । सुदूरपश्चिमका बालाजी रावल र कर्णालीका मनोज तामाङ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ८० केजीको फाइन प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्( राखेप) को  कभर्डहलमा शुक्रबार बालाजीले आर्मीका दिपेश लामा तथा मनोजले बागमतीका पासाङ शेर्पालाई पराजित गरे ।

९२ केजीमुनिमा एपिएफका रविन नेपालले गण्डकीका किरण विक र आर्मीका महेन्द्र केसीले बागमतीका प्रदीप तामाङलाई हराउदै फाइनलमा पुगे ।

पुरुष ५१ केजीमा प्रहरीका चन्द्रबहादुर थापाले बागमतीका लालप्रसाद उप्रेती र मधेश प्रदेशका रविन थापाले आर्मीका विमल घर्ती मगर, ५७ केजीमा कर्णालीका सुलभ मालीले प्रहरीका निकेश देशार र आर्मीका प्रेम चौधरीले बागमतीका निराजन मोक्तानलाई हराउँदै उपाधि  पक्का गरे ।


६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले गण्डकीका निश्चल गुरुङ र आर्मीका खगेन्द्र रोका मगरले लुम्बिनीका अनिलकुमार पुन तथा ७१ केजीमा एपीएफका विक्रम चौधरीले बागमतीका अश्विन धिरन श्रेष्ठ र आर्मीका दानबहादुर दर्लामी मगरले सुदूरपश्चिमका भरत चन्दलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र बागमती प्रदेशकी रमिशा श्रेष्ठ महिला ५० केजीमा फाइनलमा प्रवेश गरेका छन् ।

सुष्मा तामाङ  (रातो)

गणेशमान सिंह फउन्डेसन अन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगितामा सुष्माले कर्णाली प्रदेशकी अस्मिता दुवाल तथा रमिशाले नेपाल आर्मीकी आरती बम्जनलाई पराजित गरे ।

महिला ५४ केजीमा बागमतीकी रक्षा जिसी गण्डकी प्रदेशकी सोनिया बडुवाल तथा नेपाल प्रहरीकी अन्जली तेली आर्मीकी लालुमाया खत्री क्षेत्रीलाई हराउदै फाइनलमा पुगे ।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले प्रहरीकी निशा तामाङ तथा कोशी प्रदेशकी नारिका राईले लुम्बिनी प्रदेशकी ललिता बस्नेतलाई निरास बनाउँदै उपाधि भिडन्त पक्का गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले कोशीकी जोनु लिम्बु तथा एपएिफकी संगिता सुनारले बागमतीकी नतिशा राना मगरलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

महिला ६६ केजीमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरी तथा एपीएफकी विनिता थापा मगरले कर्णालीकी अस्मिता चन्दलाई हराउँदै  फाइनलमा स्थान सुरक्षित गरे ।

महिला ७५ केजीमा एपिएफकी सरस्वती रानाले लुम्बिनीकी जुनमाया थारु तथा आर्मीकी तृषा जबेगुले कर्णालीकी शिलु महर्जनमाथि जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


भिडियो
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE
राष्ट्रिय महिला टोलीले सकायो पहिलो चरणको प्रशिक्षण ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल