चैत्र ८, २०८२ आइतबार | ०५:२५:२४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मिनी ब्याडमिन्टन प्रतियोगिताः सुदेश र स्वरिना च्याम्पियन

यु-१५ गर्ल्सतर्फको विजेता स्वरिना श्रेष्ठ ।

काठमाडौं । नेपाल सटल टाइम मिनी ब्याडमिन्टन प्रतियोगिताको यु-१५ ब्वाइजमा सुदेश राजकोटी र गर्ल्समा स्वरिना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा ब्वाइज फाइनलमा आर्मीका सुदेशले भोजपुरका सदीप राईलाई पराजित गरे ।

यो स्पर्धामा आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्कीले कांस्य पदक प्राप्त गरे ।

सिपाडोलस्थित भादगाउँ स्पोर्टस क्लबको कभर्डहलमा गर्ल्सतर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिनाले सिन्धुपाल्चोककी अस्ना श्रेष्ठलाई निरास बनाइन् । 
यो स्पर्धामा आर्मीकी युनिशा गुरुङ र केबिसीकी प्रेनेशा श्रेष्ठले कांस्य पदक जिते ।

यसैगरी यु-१२ ब्वाइजतर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

प्रतियोगिताका पदक विजेतासँग अतिथिहरू । 

यो स्पर्धामा नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङले कांस्य पदक प्राप्त गरे ।

यु-१२ गर्ल्सतर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुती कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् ।

यो स्पर्धामा केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ कांस्य पदक जित्न सफल भए ।

प्रतियोगिताको उद्घाटन नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाहीले गरेका थिए ।  

विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराईजका प्रोपाईटर राजु बास्तोला, संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

विश्व ब्याडमिन्टन महासंघको कार्यक्रमअन्तर्गत रहेको प्रतियोगितामा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ खेलाडीले सहभागिता जनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो