माघ १४, २०८२ बुधबार | २३:२८:२३
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

मिनी ब्याडमिन्टन प्रतियोगिताः सुदेश र स्वरिना च्याम्पियन

यु-१५ गर्ल्सतर्फको विजेता स्वरिना श्रेष्ठ ।

काठमाडौं । नेपाल सटल टाइम मिनी ब्याडमिन्टन प्रतियोगिताको यु-१५ ब्वाइजमा सुदेश राजकोटी र गर्ल्समा स्वरिना श्रेष्ठ च्याम्पियन बनेका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा ब्वाइज फाइनलमा आर्मीका सुदेशले भोजपुरका सदीप राईलाई पराजित गरे ।

यो स्पर्धामा आर्मीका रिजन मगर एवं धन्यतरीका सत्यम कार्कीले कांस्य पदक प्राप्त गरे ।

सिपाडोलस्थित भादगाउँ स्पोर्टस क्लबको कभर्डहलमा गर्ल्सतर्फ मध्यपुर ब्याडमिन्ट एकेडेमीकी स्वरिनाले सिन्धुपाल्चोककी अस्ना श्रेष्ठलाई निरास बनाइन् । 
यो स्पर्धामा आर्मीकी युनिशा गुरुङ र केबिसीकी प्रेनेशा श्रेष्ठले कांस्य पदक जिते ।

यसैगरी यु-१२ ब्वाइजतर्फ नेपाल पुलिस स्कुलका प्रनिश कार्कीले आर्मीका दीप थिङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

प्रतियोगिताका पदक विजेतासँग अतिथिहरू । 

यो स्पर्धामा नेपाल पुलिस स्कुलका सिद्धान्त श्रेष्ठ र जेनिश तामाङले कांस्य पदक प्राप्त गरे ।

यु-१२ गर्ल्सतर्फ आर्मीकी अजरेन्का शेरचनले आश्रुती कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् ।

यो स्पर्धामा केबिसीकी रेन्शा श्रेष्ठ र काभ्रे ब्याडमिन्टनकी दिवा श्रेष्ठ कांस्य पदक जित्न सफल भए ।

प्रतियोगिताको उद्घाटन नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष प्रकाशबहादुर शाहीले गरेका थिए ।  

विजयी खेलाडीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, नेपालका लागि योनेक्सका आधिकारीक विक्रेता योनेक्स सनराईजका प्रोपाईटर राजु बास्तोला, संघका पदाधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

विश्व ब्याडमिन्टन महासंघको कार्यक्रमअन्तर्गत रहेको प्रतियोगितामा ब्वाइजतर्फ ५५ र गर्ल्सतर्फ २५ खेलाडीले सहभागिता जनाएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।