फाल्गुन २९, २०८२ शुक्रबार | २१:०६:४३
ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै मुजरवानीले पिएसएल छोडी आइपिएल रोजे चित्लाङविरुद्ध प्लानिङको सानदार जित हेजलवुडको आइपिएल सहभागीता शंकामा युरोपा लिग - एस्टन भिल्लाको जित द हन्ड्रेड अक्सन - सन्दीपका नाममा बोली लागेन म्याच फिक्सिङमा आरोपपछि सर्ल्सलाई कारबाही सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी

मैले धेरै कुरा सुधार गर्नुपर्छः प्रिन्स

काठमाडौं । पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गरेपछि नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाले आफूले धेरै कुरा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

‘यो ओलम्पिक मेरो लागि एकदमै महत्वपूर्ण  रह्यो। अनुभवको कमीले राम्रो प्रदर्शन गर्न सकिन । तर यसबाट धेरै कुरा सिकें। यो स्तरमा प्रतिस्पर्धा गर्न ममा स्ट्रेन्थको कमी रहेछ, सटहरूमा सुधार गर्नुपर्ने र अझै धेरै प्रतियोगिता खेल्न आवश्यक भन्ने बुझें,’ उनले भने, ‘अहिले बटुलेको अनुभवले अर्को ओलम्पिकका लागि धेरै सहयोग पुग्नेछ ।’

पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएका प्रिन्सले समूह चरणका तीनै खेलमा पराजय ब्यहोरेका थिए ।

यसैगरी उनले प्रशिक्षण र प्रतियोगिता नियमित भइरहे अगामी ओलम्पिकमा राम्रो प्रदर्शन गर्न सक्ने बताए ।

‘नेपालमा कम प्रतियोगिता भइरहेको छन् । मसँग प्रतिस्पर्धा गरेकाले धेरै प्रतियोगिता खेलेका छन्। त्यसैले उनीहरूसँग अनुभव पनि छ,’ उनले भने ।

समूह ‘पी’ मा रहेका प्रिन्सले यसअघि डेनमार्कका भिक्टर एक्सेल्सन, आयरल्यान्डका नाट गुयेनका र इजरायलका मिसा गिल्बरम्यानसँग समान २-० सेटको हार ब्यहोरेका थिए ।

प्रिन्सले अब ब्याडमिन्टनमा व्यक्तिगतगत भन्दा पनि सरकारले लगानी गर्नुपर्ने बताए ।
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video