इलामको बरबोटेमा ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडौँ  । पूर्वी नेपालको इलामस्थित फाकफोकथुम गाउँपालिका-४, बरबोटेमा माघे संक्रान्ति पर्वको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

बरबोटेका स्थानिय  समूहले  आयोजना गर्ने प्रतियोगिता पुस २९ गतेदेखि माघ १ गतेसम्म हुनेछ। प्रतियोगितामा पुरुष  युगलतर्फ मात्र प्रतिस्पर्धा  हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउनका पुस २९ गतेसम्म १ हजार ५ सय रुपैयाँ तिरेर नाम दर्ता गर्न सकिनेछ । प्रतियोगिताको विजेताले १० तथा उपविजेताले भने ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

ब्याडमिन्टन प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम तथा विभिन्न जातजातिका मौलिक झाकी र नाचगानसमेत हुने मेला कमिटीका अध्यक्ष नंगबहादुर दर्लामीले जानकारी दिए।

यो मेला पछिल्लो तीन वर्ष यता मगर समूहले मात्र आयोजना गर्दै आएको थियो। यस पटक भने विभिन्न स्थानीय समूहहरूले मिलेर आयोजना गर्न लागेका हुन्।

बरबोटेमा पछिल्लो चारयता निरन्तर रूपमा माघे संक्रान्ति पर्वको अवसरमा विभिन्न खेल तथा मेला आयोजना हुँदै आएको छ। पछिल्लो समय यो मेला त्यहाँका स्थानीयमाझ लोकप्रिय बन्दै गइरहेको छ।

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar