काठमाडौं । त्रिभुवन आर्मी क्लबका रिजन थापा मगर र अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रका अक्षत ढुङ्गेल योनेक्स सनराईज इनास सव जुनियर च्यालेन्ज कपको यु-१३ तर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।
बिहहीबार सम्पन्न प्रतिस्पर्धामा रिजनले नाइटिङ्गलका निश्चल थापालाई २१-१, २१-६ ले पराजित गरे । अक्षतले कीर्तिपुरका गगन बिकमाथि २१-१९, २१-१९ को जित निकाले ।
अन्तिम १६ मा स्थान बनाउने क्रममा स्पोर्टस हवका सदीप राईले ललितपुरका प्रशान्त बुढाथोकीलाई २१-६, २१-११, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलबस्तुका बिवेश बस्नेतलाई २१-१९, २१-१६, एपिएफका आरुष सिमखडाले सुशान्त प्रजापतीलाई २१-१८, २१-१७, कालिकाका आदित्य चौधरीले आर्मीका आयुष राईलाई २१-६, २१-८, धन्यन्तरीका सत्यम कार्कीले दोलखाका अर्नव श्रेष्ठलाई २१-६, २१-१०, कास्कीका अमृत थापाले कपिलबस्तुका विराट बस्नेतलाई २१-९, २१-१० ले स्तब्ध बनाए ।
यसैगरी कपिलबस्तुका राज घिमिरेले कीर्तिपुरका सामन्त बज्राचार्यलाई २१-११, २२-२०, तनहुँका सफल भुजेलले दीपक ब्याडमिन्टन एकेडेमीका जेशन श्रेष्ठलाई २१-६, २१-१२, आर्मीका दीप थिङ्गले इटहरीका सिमोन कार्कीबाट वाक ओभर, पुलिस स्कुलका सिद्धान्त श्रेष्ठले एपिएफ सम्राट टन्डनले २१-१२, २१-१३, महाबौद्ध क्लबका आरभ शाक्यले कास्कीका सविन विक्रम पालिखेलाई २१-६, २१-१२, आर्मीका सुदेश राजकोटीले एपिएफका समिर खड्कालाई २१-६, २१-४, प्रिन्स थापा मगरले धन्यन्तरीका सुहम कार्कीबाट वाक ओभर, पुलिस स्कुलका प्रिन्स कार्कीले ग्यालेक्सी पब्लिक स्कुलका शुभम चौहानलाई २१-१०, २१-५ ले पनि जित हात पार्दै अन्तिम १६ मा स्थान पक्का गरे ।
यस्तै यु-११ तर्फ एसबिएका आदित्य थारु, कपिलबस्तुका विराट बस्नेत, महाबौद्धका आरभ शाक्य र ललितपुरका प्रशान्त बुढाथोकी पराजित गर्दै अन्तिम ८ मा स्थान बनाउन सफल भए ।
मनमैजुस्थित दीपक ब्याडमिन्टन एकेडेमीमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरे ।