दोश्रो राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा । दोश्रो राष्ट्रिय दोश्रो राष्ट्रिय खुल्ला तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता बिहीबारबाट पोखरामा सुरु भएको छ ।

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपिएफ क्लबका प्रदीप सोतीले देवीनगर क्लबका सुजलराज श्रेष्ठलाई २१-१४, २१-१० को सोझो सेटमा पराजित गरे।

यसैगरी  एपीएफका देवराज रानाले सुन्सरीका गणेश बहादुर चम्लागाईलाई २१-१२, २१-८ ले पराजित गर्दा पिएसविसीका विशान गुरुङले कास्कीका इशान खड्कालाई २१-१४, २१-१५ ले स्तब्त्र बनाए ।

पुरुष सिंगल्सतर्फ नै एपिएफका अनिल मल्लले देवीनगरका बविश थापालाई २१-१९, १५-२१, २१-१२ ले पराजित गर्दा नेपाल पुलिसका सुनिल जोशी वाक ओभरका आधारमा विजेता बने । 

एपिएफकै प्रम्भ सिम्खडाले कास्कीका अविराज शेरचनलाई १९-२१, २१-१२, २१-१२, देवीनगरका हेमन्त आयरले पिएसविसीका विवेक सुवेदीलाई २१-५, २१-८ ले, एपिएफकै क्षितिज खनालले त्रिभुवन आर्मी क्लवका पविन लिङथेपलाई २१-८, २१-० ले हराए ।

यसैगरी कास्कीका विधान अधिकारीले एपिएफका सुजन थापालाई २१-१९,२१-११, एपिएफका रोशन साउदले पिएसविसीका नितेश गुरुङलाई २१-११,२१-९, नेपाल पुलिस क्लवका पूर्ण बहादुर थापाले महोत्तरीका इशान झालाई २१-१२,२१-८ तथा एपिएफका अरुण अधिकारीले सुनसरीका संगम गिरीलाई २१-१६, २१-१८ ले पराजित गरे ।

ब्याइज यु-१७ तर्फ कास्कीका देवेन फगामी, साइमान कार्की, अमृत थापा, र सनिश भण्डारी आ–आफ्नो खेल जित्दै प्रिक्वार्टरफिाइनलमा प्रवेश गरेका छन् । 

त्यस्तै पिएसविसीका बसन्त पौडेल, कैलालीका आदित्य चौधरी, सुनसरीका संगम गिरी, एपिएफका प्रम्भ सिंम्खडा, कन्चनपुरका उदय चन्द, लाफा समुहका मनोज फौदार, पिएसविसीका सुन्दर विक, क्नचनपुरमा रेनिश धामी, म्याग्दीका डियन थापा, पिएसविसीका कृष कार्की, कन्चनपुरका आशिष खत्री, म्याग्दीका दिवश पुन, सुन्सरीका ग्रिनेश घिमिरे र एपिएफका आरुष सिम्खडाले पहिलो चरणमा जित निकालेका छन् ।

यु-१२ ब्याइज सिंगल्सतर्फ नेभोल एकेडेमीका दिनेश थापा, कन्चनपुरका उदय चन्द, कास्कीका सविन विक्रम पालिखे, चितवनका गाव्रियल लामा, नोवल एकेडेमीकै बाशुदेव जैशीले आ–आफ्नो खेल जितेको कास्की ब्याडमिन्टन संघले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar