पाटन । सेनाका अभय महरा दोश्रो मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु-१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।
बिहीबार भएको खेलमा अभयले पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाललाई २१-१५, २१-१३ ले तथा यु-१७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१-७, २१-७ ले पराजित गरे ।
यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकलतर्फ सेनाका प्रफुल महर्जनले एपिएफका अमन महर्जनलाई २१-८, २१-४ ले तथा एपिएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१-१५, २१-९ ले पराजित गरेका थिए ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा गर्ने अन्यमा नेपाल पुलिसका विष्णु कटुवाल, एपिएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापा मगर र नेपाल पुलिसका जीवन आचार्यपनि अन्तिम आठमा प्रवेश गरेका छन् ।
विष्णुले एपिएफका सुजन थापालाई २१-११, २१-११, देवले एपिएफका अरुण अधिकारीलाई २१-२३, २१-१५, २१-१५, रोशनले सेनाका सुविन श्रेष्ठ (बी) लाई २१-१७, १७-२१, २१-९, डेभिडले एपिएफका अनिल मल्ललाई २१-११, २१-६, जीवनले एपिएफका भोजबहादुर गुरुङलाई २१-१५, २२-२० ले पराजित गरेका थिए ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु=१७ तर्फ सेनाका सुविन श्रेष्ठ (बी) ले एपिएफका प्रदीप सोतीलाई २१-१३, २१-१२ ले, सेनाका सुप्रिम पन्थले सुर्खेतका रमेश कामीलाई २१-८, २१-७ ले, नेपालगंजका राजेश बिसीले सेनाका सुदेश राजकोटीलाई २१-१८, २३-२१ ले, गुल्मीका जेनिश शेरचनले देवीनगरका सक्षम ढकाललाई २१-५, १२-२१, २१-१६ ले, सेनाका सुविन श्रेष्ठ (ए) ले सुर्खेतका हिमाल थापा मगरलाई २१-१८, २१-१६ ले, एपिएफका अरुण अधिकारीले सेनाका सौर्य महर्जनलाई २१-१९, २१-१८ ले र सेनाका कविर के।सी।ले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१-७, २१-५ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे ।
यस्तै शीर्ष २० वरीयताबाहेकको पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१-११, २६-२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापा मगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१-१३, २१-१२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका छन् ।