मेयर कप राष्ट्रिय ब्याडमिन्टनः प्रफुल र प्रिन्स प्रिक्वार्टरफाइनलमा

पाटन । नेपाली सेनाका प्रफुल महर्जन र एपिएफका प्रिन्स दाहाल दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पुरुष एकलान तेश्रो प्रधानमन्त्री कपका विजेता प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१-५, २१-१० ले पराजित गरे । प्रिन्सले कैलालीका शिशिर रानालाई २१-९, २१-६ को सोझो सेटमा हराए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा पुलिसका विष्णु कटुवाल पनि प्रिक्वार्टरफाइनलमा प्रवेश गर्न सफल भए । कटुवालले स्याङ्गजाका २१-१२, २१-६ ले पराजित गरेका हुन् ।

यस्तै प्रिक्वार्टरफाइनल प्रवेश गर्ने क्रममा एपिएफका क्षितिज खनालले देवीनगर क्लबका बबिश थापालाई २१-११, २१-६, सेनाका अभय महर्जनले एपिएफका प्रदीप सोतीलाई २१-१८, २१-१९, एपिएफका अमन महर्जनले चितवनका अलिष महर्जनलाई १९-२१, २१-६, २१-१२, एपिएफका देवराज रानाले सेनाका लक्ष्मण रानालाई २१-१७, २१-८, एपिएफकै अरुण अधिकारीले भक्तपुरका सुशन श्रेष्ठलाई २२-२०, २१-१८ ले पराजित गरे । यसैगरि एपिएफका सुजन थापाले दार्चुलाका कवी कुमार धामीबाट वाकओभर प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सेनाका सुविन श्रेष्ठ (बीं ले पुलिसका हिरा राईलाई २१-१८, २१-२३, २१-१६, एपिएफका रोशन साउदले सेनाका सन्तोष पनेरुलाई २१-१९, २१-१७ ले, एपिएफका भोजबहादुर गुरुङ्गले सेनाका पविन लिनथेपलाई २१-१५, १३-२१ र २१-१४, एपिएफका अनिल मल्लले २-१८, २१-१८ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१-१४, १४-२१, २१-११ ले पराजित गर्दै प्रिक्वार्टरमा स्थान सुरक्षित गरे ।

बालकुमारी रिमिक्सको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु-१७ तर्फ सेनाका अभय महरा, पुलिस स्कुल काभ्रेका इशान गिरी, एपिएफका प्रदीप सोती, सेनाका सुप्रिम पन्थ, सुर्खेतका रमेश कामी, सेनाका सुविन श्रेष्ठ, नेपालगंजका राजेश बिक, सेनाका सुदेश राजकोटी, गुल्मीका जेनिस शेरचन, देविनगरका सक्षम ढकाल, सुर्खेतका हिमाल थापा मगर, सेनाका सुविन श्रेष्ठ (ए), सेनाका सौर्य महर्जन, एपिएफका अरुण अधिकारी, दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारी र सेनाका कविर केसी पनि  जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar