पुस १४, २०८२ मंगलबार | १७:४३:१०
एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो
शनिबारको दिन

काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि

काठमाडौं । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं नयाँ रुप, जोश र रणनीतिका साथ उत्रिँदैछ । सबभन्दा पहिला टिमको नाम फेरिएको छ । लोगो फेरिएको छ । प्रशिक्षक फेरिएका छन् । सँगै टोलीको स्पिरिट फेरिएको छ । समग्रमा मनोबल फेरिएको छ ।

गतवर्ष काठमाडौं गुर्खाजको नामबाट प्रतिनिधित्व गरेको टोली यसपाली काठमाडौं गोर्खाज भएको छ । टिमको लोगोसँगै एन्थम पनि फेरिएको छ । काठमाडौं नामले सम्बोधन गर्ने उपत्यकाका सबै तीन सहर र भूगोलको क्रिकेटमा प्रतिनिधित्व गर्ने जिम्मेवारी थपिएको छ ।

एनपिएलका आठ फ्रेन्चाइजमध्ये मालिकको नामका आधारमा सबैभन्दा ठूलो टिम ‘काठमाडौं गोर्खाज’ हो । सञ्चार व्यवसायी कैलाश सिरोहिया, गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र होटल व्यवसायी अरुण सर्राफजस्ता नेपाली कर्पोरेट क्षेत्रका तीन महारथीको साझा टिम भएकाले काठमाडौं गुर्खाजबाट अपेक्षा पनि ठूलै छ ।

सिरोहिया देशकै नम्बर एक सञ्चारगृह कान्तिपुरका मालिक हुन् । उनको अन्य थुप्रै क्षेत्रमा पनि ठूल्ठुला लगानी छ । यसैगरी एनआरएनका पूर्वअध्यक्ष महतो मेडिसिटी अस्पतालका सञ्चालक हुन् । यसबाहेक पनि महतोको अरू थुप्रै क्षेत्रमा लगानी छ । होटल व्यवसायी सर्राफ काठमाडौं दरबारमार्गको याक एन्ड यति होटलका मालिक हुन् । हस्पिटालिटी व्यवसायमा निकै ठूलो प्रभाव राख्ने उनको लगानीमा अरू पनि थुप्रै होटल रहेको बताइन्छ ।

टोलीले यसपाली भारतका मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको भूमिकामा नियुक्त गरेको छ । मोन्टी देसाई अर्थात नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक ।

सन् २०२३ को फेब्रुअरी देखिका दुई वर्ष मोन्टी नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । मोन्टीको प्रशिक्षणमा नेपालले दोस्रो पटक सन् २०२४ मा टी-ट्वान्टी विश्वकप खेलेको थियो । नेपालले पहिलो पटक खेलेको टी-ट्वान्टी एसिया कपमा पनि टिम उनकै नेतृत्वमा थियो ।

नेपाली टोलीलाई एकदिवसीय विश्वकप छनोटसम्म पुर्याएका मोन्टीलाई काठमाडौंले गत असार अन्तिम साता मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो ।  त्रिवी क्रिकेट मैदानको बारेमा नेपाली क्रिकेटलाई नजिकबाट बुझेका मोन्टीभन्दा बढि कसलाई थाहा होला र ? यही कारण पनि टोलीले उपाधिबाहेक अन्य विकल्प सोचेको छैन ।

काठमाडौंका मार्की करण केसी  । 

आसन्न एनपिएलमा काठमाडौं विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली हो । टोलीले पहिलो विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो । त्यसपछि काठमाडौंले स्कटल्यान्डका जेरहार्ड इरस्मससँग सम्झौता नवीकरण गरेको थियो ।

अमेरिकी अलराउन्डर मिलिन्ड कुमार र इङ्ल्यान्डका खेलाडीद्धय बेन चार्ल्सवर्थ र जोन सिम्पसन पनि टोलीमा जोडिएका छन् । गत शुक्रबार टोलीले भारतीय मूलका अमेरिकी खेलाडी सन्नी पटेलअनुबन्ध  भएसँगै टाेलीले आफ्नो विदेशी खेलाडीको कोटा पूरा गर्यो ।

पटेल नेपाली फ्रेन्चाइज क्रिकेटमा नौलो नाम होइन । उनीसँग यसअघि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलेको अनुभव छ ।

सिम्पसनले सात वर्षअघि त्रिवि क्रिकेट मैदानमै एभरेस्ट प्रिमियर लिग खेलेका थिए । मिलिन्दका लागि भने नेपाली भूमिमा यो पहिलो क्रिकेट अनुभव हुनेछ ।

काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई भित्र्याएको थियो ।

गत बुधबार काठमाडौंले पेप्सीकाेलास्थित वानडे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’बाट नटराजन शाहलाई ‘आइकोनिक खेलाडी’का रुपमा भित्र्याएको छ । बायाँ हाते तीव्र गतिका बलर नटराजन झन्डै एक हजार खेलाडीबाट छानिएका थिए ।

पहिलो संस्करण काठमाडौंको प्रदर्शन

पहिलो संस्करणमा काठमाडौं, नेट रनरेटमा चुकेपछि प्लेअफमा पुग्न असफल भएको थियो । घरेलु खेलाडी नचल्दा टोलीले सोचेअनुरुपको प्रदर्शन गर्नसकेको थिएन । घरेलु खेलाडीको प्रदर्शन राम्रो नहुँदा प्रदर्शन कमजोर भएको कप्तान करणको तर्क गर्छन् । ‘नेट रनरेटमा चुक्यौं । अरु केही होइन । यसपाली घरेलु खेलाडी चल्न सकेको खण्डमा हामीले राम्रो नतिजा ल्याउन सक्छौं ।’

काठमाडौंले गत संस्करण सातमध्ये तीन खेल हारेको थियो । काठमाडौंले कर्णाली याक्स, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई हराउँदा समूह चरणका शीर्ष तीन टोलीः सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोजसँग हार बेहोरेको थियो ।

रिटेनः  करण केसी (मार्की) भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ

मिनी अक्सनबाट अनुबन्धः मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा

विदेशी खेलाडीः जेरहार्ड इरस्मस, जोहन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, बेन चार्ल्सवर्थ, सन्नी पटेल 

मुख्य प्रशिक्षकः मोन्टी देसाई

प्रशिक्षकः वसन्त शाही ठकुरी