मंसिर १९, २०८२ शुक्रबार | ०३:१८:५१
सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट सुदूरपश्चिम क्वालिफायरमा, चितवनको प्लेअफ सम्भावना संकटमा अस्ट्रेलियामा रुटको पहिलो सतक, पहिलो दिन इङल्यान्डले बनायो ३२५/९ जित्नैपर्ने खेलमा चितवनको खराब सुरुआत अर्जुनधारा महिला भलिबलमा पुलिसको जित, एपिएफ सेमिफाइनलमा चितवनविरुद्ध सुदूरपश्चिमको चुनौतीपूर्ण लक्ष्य चितवनविरुद्ध लिनको अर्धशतक चितवनविरुद्ध सुदूरपश्चिमको मध्यम सुरुआत लगातार चौथो जित हासिल गर्दै काठमाडौं प्लेअफमा, पोखराको अवस्था नाजुक काठमाडौंविरुद्ध ऋषिको अर्धशतक पावरप्लेमा काठमाडौंलाई रोय र रसिङ्टनको विकेट

१००औं खेलको कोसेढुंगा छुँदै रोहित, नेपाली समर्थकसामू खुसी साट्न पाउने छैनन्

फाइल तस्बिर ।

काठमाडौं । नेपालले मंगलबार एएफसी एसियन कप छनोटमा भियतनामसँग खेलिरहँदा नेपाली समर्थकलाई खुबै ‘मिस’ गर्नेछ । विशेषगरी टिमका सिनियर खेलाडी रोहित चन्दले ।

रोहितका लागि आज विशेष दिन हो । नेपाली टोलीका सबैभन्दा अनुभवी मध्येका एक रोहितले भियतनामविरुद्धको खेलबाट १००औं अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा छुँदैछन् । कप्तान किरणकुमार लिम्बुपछि यो उपलब्धि हासिल गर्ने रोहित दोस्रो नेपाली खेलाडी बन्दैछन् ।

रोहित नेपाली फुटबलले पाएको सबैभन्दा प्रतिभावान र सफल खेलाडीमध्ये एक हुन् । राष्ट्रिय टोलीको जर्सी लगाउन थालेको डेढ दशकभन्दा बढी भइसक्यो । नेपाली फुटबलकै सफल खेलाडीको शतकीय खेल नियमअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनुपर्थ्यो । यो नेपालको घरेलु खेल थियो ।

तर दूर्भाग्य, अखिल नेपाल फुटबल संघको फोहोरी राजनीति हावी हुँदा लामो समयदेखि घरेलु खेल पनि अवे मैदानमा खेल्ने नियती यो खेलमा पनि लागु भयो । १६ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा अथक मेहनतका साथ एउटा स्वर्णीम इतिहास लेखिरहँदा रोहितले घरेलु समर्थक र घरेलु समर्थकले रोहितलाई मिस गर्ने परिस्थिती बन्यो । प्रतिभा, क्षमता, मेहनत, प्रतिबद्धता र लगाबले यहाँसम्म आइपुगेको सुनौलो करियरमा घरेलु समर्थकसँग यो खुसी साट्ने भाग्य रोहितको भागमा परेन ।

फाइल तस्बिर

भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा नेतृत्व उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भयो । फलस्वरुप आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने दूर्भाग्यपूर्ण नतिजाको शृंखलाले निरन्तरता पाइरहँदा नेपालले तेस्रो चरण अन्तर्गत भियतनामविरुद्धको दोस्रो लेग विपक्षीको भूमिमा खेल्न बाध्य हुनुपर्यो । र, यो यथार्थ स्वीकार्दै रोहित हो चि मिन्ह सहरस्थित थोङ निह्याट रंगशालाबाट नेपाली फुटबललाई सयौं खेलको कोसेढुंगाको उपहार दिन मैदान उत्रिँदैछन् ।

यो कुराले पक्कै पनि रोहितको मन दुख्दो हो । उनले काठमाडौं छोड्नुअघि उनले सुनाएको घरमा खेल्न नपाउँदाको पीडाबाट त्यो सहजै बुझ्न सकिन्छ । ‘घरेलु खेल आफ्नै समर्थकको बीचमा खेल्न पाउनुपर्थ्यो । तर हामी अवे मैदानमा गएर खेल्दैछौं । घरमै टेलिभिजनमा हेरेर भए पनि हामीलाई समर्थन गर्नुहोला,’ रोहितले समर्थकसँग अनुनय गरेका थिए ।

गत सेप्टेम्बरको पहिलो साता नेपाल र बंगलादेशबीच दुई अन्तर्राष्ट्रिय खेल हुने तय थियो । पहिलो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुई दिनको आरामपछि दोस्रो खेल हुने तालिका थियो । तर, जेनजी आन्दोलनका कारण खेल स्थगित भयो । त्यो खेल भएको भए रोहितले पाँच दिनअघि नै राष्ट्रिय जर्सीमा सय खेलको कोसेढुंगा छोइसक्थे ।

पाँच दिनअघि सम्पन्न भियतनामसँगको पहिलो लेगमा नेपालले ३–१ को पराजय बेहोरेको थियो । उक्त हारसँगै नेपालको अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपमा पुग्ने चुनौती लगभग समाप्त भइसकेको छ । तर, झिनो गणीतिय सम्भावना भने अझै बाँकी छ । यस्तोमा नेपालको अवस्था भनेको, दिनु न लिनु हो । मुख्य प्रशिक्षक म्याट रस यस्तै तर्क गर्छन् ।

फाइल तस्बिर

‘हामीले दोस्रो लेगका लागि आवश्यक तयारी गरेका छौं । म विश्वस्त छु कि हामी भियतनामका लागि खतरा बन्न सक्छौं,’ रसले खेलको पूर्वसन्ध्यामा भने, ‘अंकतालिकाको शीर्ष स्थानमा रहने हो भने भियतनामलाई बढीभन्दा बढी गोल चाहिन्छ । त्यसैले उनीहरु प्रेसरमा हुनेछन् । यो कुराको हामी फाइदा लिने कोशिस गर्नेछौं । हामी यो खेलका लागि सकारात्मक छौं ।’

१–० ले पछाडि परेको स्थितिमा राइटब्याक सनिस श्रेष्ठको पहिलो अन्तर्राष्ट्रिय गोलमा नेपाल खेलमा फर्किएको थियो । पहिलो हाफ १–१ को बराबरीमा टुंगियो । तर, इन्जुरी समयमा लाकेन लिम्बूले रातो कार्ड सामना गरेपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा खेल्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना भयो ।

नेपालले पहिलो गोल रक्षापङ्क्तिको तालमेल नमिल्दा खाएको थियो । दोस्रो हाफमा ‘वान म्यान एड्भान्टेज’मा रहेको भियतनामले नेपालको त्यही कमजोरीमा थप दुई गोल गर्यो ।

कप्तान किरण यसैलाई खेलको टर्निङ पोइन्ट मान्छन् ।

फाइल तस्बिर

‘लाकेनको रातो कार्डले खेलको रुप नै बदलियो । एक खेलाडी कम हुँदा हामीलाई दबाब भयो । तर, यो सबै इतिहास भइसक्यो । केटाहरु दोस्रो खेलका लागि तयार छन्,’ किरणले भने, ‘भोलि दुवै टोलीमा एघार जना खेलाडी हुनेछन् ।’

अर्को सुनौलो इतिहासको पखाईमा अञ्जन

लाकेनको अनुपस्थितिसँगै मंगलबार फरवार्ड अञ्जन विष्टले पुनरागमन जनाउने अनुमान गरिएको छ । पछिल्लो खेलमा रसले प्लेइङ मिनेट्स दिन कञ्जुस्याईं गर्दा अञ्जनले बेन्चबाटै साथीहरुको संघर्ष हेरेका थिए । अञ्जन पनि एउटा कीर्तिमान पछ्याइरहेका छन् । कीर्तिमान हो, अन्तर्राष्ट्रिय फुटबलमा नेपालकै सर्वाधिक गोलकर्ताको दौडमा पहिलो हुने । भोलि उनीबाट गोल आउने हो भने उनले पनि रोहितले जस्तै नेपाली समर्थकलाई ‘मिस’ गर्नेछन् । अनि समर्थकले पनि उनलाई । 

फाइल तस्बिर

भिडियो
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
LOKESH BAM || म आफैले ठूलो पारी खेल्न सकिँन । सेट भइसकेको थिएँ । तर, आउट भइहाँले || BIRATNAGAR KINGS